🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जघन्य अपराधको सफल अनुसन्धानमा विशेष ध्यान दिन निर्देशन

काठमाडौँ  (रासस) : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानका लागि विशेष सक्रियताका साथ लाग्न मधेस प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    प्रहरी प्रधान कार्यालयबाट  जेठ २२ गते भर्चुअलरूपमा आयोजित एक समारोहबीच उहाँले तस्करी एवं अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

    उक्त भर्चुअल बैठकमा मधेस प्रदेश प्रहरी कार्यालय एवं प्रदेश मातहत जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, ट्राफिक प्रहरी कार्यालय एवं तालिम केन्द्रका प्रमुखको सहभागिता थियो ।

    प्रहरी महानिरीक्षक सिंहले आफूले निर्वाह गरेको जिम्मेवारीअनुरूप नै प्रहरी अधिकृतहरूको मूल्याङ्कन हुने उल्लेख गर्दै आर्थिक पारदर्शिताको नीतिलाई अवलम्बन गरी आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्न सुझाव पनि दिनुभयो ।

    उहाँले दण्ड र पुरस्कार अपरिहार्य तत्व रहेको उल्लेख गर्दै गल्ती गर्नेलाई तत्काल दण्डित गर्ने र राम्रो काम गर्नेहरूलाई संरक्षकको भूमिका निर्वाह गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण, भन्सार छलीको सामान बरामद राजश्व वृद्धि एवं प्राकृतिक स्रोतको दोहनलगायत आपराधिक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन थप क्रियाशील हुन पनि निर्देशन दिनुभयो ।

    वर्षाको समयमा हुन सक्ने विपद्का घटना न्यूनीकरण एवं उद्धारका लागि स्थानीय तह एवं सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वय गरी तयारी गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।