🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजदरवारद्वारा किमको निवेदन अस्वीकार

लण्डन, २२ जेठ : लण्डनको बकिंघम दरबारमा हुने प्लाटिनम जुबली पार्टीमा सहभागिता जनाउनका लागि रियालिटी टेलिभिजन स्टार किम कार्दाशियनले दिएको निवेदनलाई दरबारका अधिकारीहरुले अस्वीकार गरेका छन् ।

४१ वर्षीय किम हाल प्रेमी पिट डेविडसनका साथ लण्डनमा छिन् । यही मौकामा उनी पनि पार्टीमा उपस्थित हुने आँकलन गरिएको थियो । तर अधिकारीहरुले उनको निवेदनलाई अस्वीकार गरेपछि पार्टीमा सहभागी हुने उनको चाहना तत्कालका लागि तुहिएको छ ।

‘किमलाई कुनै पनि कार्यक्रममा सहभागिताका लागि निषेध गरिएको छ । त्यहीकारण उनी बेलायत खासै जाँदिनन् । सम्भवत यही कारणले अधिकारीले उनको निवेदनलाई अस्वीकार गरेका हुन्’, किम निकट स्रोतले भन्यो ।

कुल १० हजार टिकटको सार्वजनिक मतपत्रको माध्यमबाट यो शानदार पार्टीमा निमन्त्रणा गरिएको थियो । जसका लागि बेलायतमा प्रमुख व्यक्तिहरुलाई करिब ७ हजार ५ सय टिकट दिइएको थियो ।

यो पार्टीमा डायना रोस, नाइल रोजर्ससँगै सर डेविड एटनबरो र डेभिड बेकहम सहभागी हुँदैछन् ।
एजेन्सी