🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नव वर्ष २०७५ : राजाको प्रेमनगरीमा लाखौ पर्यटक  

लहान, १ वैशाख : प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न आज बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको ठूलो भीड लागेको छ । 

लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश हेर्न नेपाल तथा भारतबाट हजारौँ दर्शनार्थी बिहानैदेखि आएका छन् । 

राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा लहानदेखि ४ किमी पश्चिममा रहेको करीब १० बिघाको प्राचीन फूलबारीका दुई रुखको मध्यभागमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते एक जोडी माला देखिने गरेको छ । ती माला हेर्न र मेला भर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट सर्वसाधारणको घुइँचो लाग्छ । सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र प्रेम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखापर्ने जनविश्वास रहिआएको छ । 

हरेक वर्ष चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्ध लिन निकै मानिस भेला हुन्छन् । फूलबारीको मध्यभास्थित मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ । साँझपख यो फूल ओइलाएर जान्छ । यो ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ । 

सलहेश फूलबारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कुनै पहल नभएकामा स्थानीय बासिन्दाले गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातिको इष्टदेव मानिन्छन् । तेह्रौँ शताब्दीका लोकनायक सलहेशको पूजार्चना गर्नाले मनोकांक्षा पुग्ने, सन्तानप्राप्ति हुने तथा चर्मरोग, कुष्ठ रोगलगायत रोगव्याधि हरण हुने जनविश्वास छ ।

मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवर्ध्दन सलहेश र दौना मालिनीको प्रेम प्रतीकका रुपमा लिइन्छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतका विहार र पश्चिम बंगाल तथा नेपालका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा मानिस आउँछन् । युवाहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्छन् । 

फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफैँ उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसलाई मात्रै होइन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकाले भारतीय पर्यटक भक्तजन आउने गरेका छन् । मेलामा आउने लाखौँ भक्तजनमध्ये ३० प्रतिशत भारतीय दर्शक रहने गरेका छन् । 

सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी पाइन्छन् । फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रीस शान्त हुने गरेको जानकार बताउँछन् । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नका लागि सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै हैजा महामारी आउँदासलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । 

निःसन्तान महिलाले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकाले प्राप्त सन्तानको मुण्डन गराउन पनि मानिसहरु यहाँ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सीमित छ ।    पर्यटकीय क्षेत्रका रुपमा यसको विकास गर्नुपर्ने पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैतको भनाइ छ । 

सिरहा जिल्लामा पूर्वकर्णाटककालीन अवशेष पनि छ । यहाँ अत्यधिक सम्मान पाएका राजा सलहेश दुसाध जातिका कूल देवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानित छन् । 
–––