काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण पश्चात शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष र नेपालकै इतिहासमा सबै भन्दा ठूलो संख्यामा संसदमा पुगेको वाम पार्टीको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्ने तीब्र इच्छ्या यसपटक भने पूरा भएन ।
सा“घुलाई कूटनीतिक च्यानलबाट प्राप्त समाचार अनुसार, एककल विशेष अन्तर्राष्ट्रिय फोनका कारण ओलीको यो इच्छामा तत्काल धक्का लागेको हो । स्रोतका अनुसार, २०७४ चैत १६ गते सा“झ प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चैत २१ गतेभित्र पार्टी एकता घोषणा गर्ने ‘वान टु वान’ सहमति भएको थियो । एकता कार्यदलको सुझावलाई केही परिमार्जित गर्दै ३५० जनासम्मको केन्द्रीय समिति बनाउने त्यसको एक तिहाई पोलिटव्यूरो र पोलिटव्यूरोको एक तिहाई स्थायी समिति निर्माण गर्नेबारे दुवै नेताको सहमति भयो ।
एमाले स्रोत भन्छ, जनमतअनुसार, ७० र ३० प्रतिशतको अनुपात मिलाउने कि माओवादी केन्द्रको माग अनुसार ६० र ४० प्रतिशतको संख्या निर्धारण गर्नेबारे दुई दिनभित्र दुवै नेताले निर्णय गरिसक्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ पनि भयो । माओवादी केन्द्रका एक नेताले बताए अनुसार, घरमा पुगेर कपडा बदल्नै लागेका बेला प्रचण्डलाई आएको अन्तर्राष्ट्रिय विशिष्ट ब्यक्ति र विशेष फोन कलले एकताको सहमति तत्कालको निम्ति पर धकेलिदियो ।
स्रँेतका अनुसार फोनकर्ता ती विशिष्ट ब्यक्तिले सुरुमा कठोर र अन्त्यमा फकाउने शैलीमा प्रचण्डमाथि अनिष्ठ आइपर्ने, युद्ध अपराधमा हेगमा उभ्याइदिने, राजनीतिक जीवन सिध्याई दिने धम्की दिए । दश मिनेटपछि फकाउने शैलीमा एकीकरणपछि नेकपामा प्रचण्डसंग ४० प्रतिशतको हैसियत नरहने हुनाले उनको राजनीतिक भविष्य अन्धकारपूर्ण हुने भन्दै चिप्ला तर्क गर्न थाले । एकीकरण नगर्ने हो भने प्रचण्डलाई भविष्यमा कांग्रेस र मधेशीको सहयोगमा प्रधानमन्त्री बनाइदिने माओवादी केन्द्र र प्रचण्डलाई अर्काे चुनाव जित्न मद्दत गर्ने आश्वासन पनि ती विशिष्ट ब्यक्तिले दिएको प्रचण्ड निकट स्रोत बताउछ ।
प्रचण्ड जस्ता जीवनमा सैयौं आँधीहुरी ब्यहोरेका क्रान्तिकारी नायकलाई लोभ्याउने र तर्साउने विशेष फोन कलले गर्दा रातभरी ननिदिएका प्रचण्डले भोलिपल्ट बर्षमान पुनलगायतका भारत निकट नेताहरुस“ग यसबारे छलफल गरे । त्यसपछि प्रचण्डले एकताको निम्ति एमालेसंग असम्भव खालका शर्तहरु राख्न थाले । सम्मानजनक एकताको निम्ति संगठनमा ५० प्रतिशत हिस्सा मिल्नुपर्ने चुनाव चिन्ह सूर्यभित्र माओवादी चुनाव चिन्ह हँसिया हथौडा घुसाउनुपर्ने अन्तरिम विधानमा जनयुद्ध शब्द राख्नैपर्ने जस्ता एमालेलाई अपाच्य हुने खालका अनौठा मागहरु माओवादी केन्द्रका नेताहरुले एमाले नेताहरुस“ग राख्न थाले ।
प्रचण्डले पनि यही आशयको अन्तर्वार्ता कान्तिपुर दैनिकलाई दिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले प्रचण्डलाई बोलाएर ५० प्रतिशत, चुनाव चिन्ह र जनयुद्धको शर्त पूरा गर्न नसकिने कडा जवाफ पाए । त्यसपछि प्रचण्डले अध्यक्ष ओलीलाई सम्झाउदै ‘‘पार्टीभित्र साथीहरुको कडा दबाब आयो, पब्लिक कन्जप्सनको निम्ति यति त बोल्नै प¥यो’’ भन्दै टक्टकिएका थिए । यस्तै गज्याङ्मज्याङ्को कारण पार्टी एकता २०७५ बैशाख ९ गते नै गर्ने सहमति भएको छ ।
जुर्ला त वाम एकताको साइत ?
एमाले निकट स्रोतको दाबी अनुसार, ६० र ४० प्रतिशतको हैसियत कायम गर्न प्रचण्डले ५० प्रतिशतको कार्ड फ्याँकेका हुन् । एमालेल जनमत अनुसार, सकेसम्म ७० र ३० प्रतिशतकै अडान राख्ने र एकता नै टर्ने अवस्था आएमा अन्तिममा ६० र ४० प्रतिशतमा सहमति गर्ने मुड बनाएको बुझिएको छ । अन्तिममा चुनाव चिन्ह सूर्य नै मान्न र जनयुद्धको सट्टा जनक्रान्तिमा चित्त बुझाउन माओवादी सहमति हुने दाबी माओवादीका एक उच्च नेताले साँघुघुस“ग गरेका छन् ।
अन्तर्राष्ट्रिय चासो जोडिएको आसन्न वाम पार्टी एकीकरणमा भारतले सम्पूर्ण शक्ति खन्याएर भाँजो हाल्नसक्ने अपवादलाई पन्छाउने हो भने लेनिन दिवसको दिन अर्थात् २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गठन भएकै दिन एमाले र माओवादी केन्द्र मिलेर नयाँ नेकपाको लाखौ जनताको उपस्थितिमा ऐतिहासिक र भव्य घोषणा सभा गर्नेछन् ।
वाम पार्टी एकता संयोजन समितिले विभिन्न कार्यदलहरुको प्रस्तावलाई मोडिफाई गर्दै बढीमा ३५० जननाको केन्द्रीय समितिलाई अनुमोदन गर्नेछ । उच्चस्तरीय कूटनीतिक स्रोतको दाबी छ–नेपालमा वाम एकता र स्थिर सरकारको पक्षमा रहेको छिमेकी मित्रराष्ट्र चीनको समेत यो एकतामा गम्भीर सकारात्मक चासो जोडिएकोले वाह्य र आन्तरिक शक्तिहरु जोकसैले जति खेलकूद गरेपनि एमाले–माओवादी एकता ढिलोचाँडो हुने नै जनअपेक्षा छ ।
(२०७४ चैत २६ गतेको साँघु साप्ताहिकबाट )



