🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा गएराति दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–१० का ३८ वर्षीय बिरेन्द्र चन्दको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागी धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डााचौकीले जनाएको छ ।

दाङमा मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु 

दाङ, ६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा हिजो जेठ ५ गते बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुुर्घटनामा एक जना घाइते भएका छन् । 

कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ क ५६५ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २० वर्षीय आकाश सेनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार दाङको तुलसीपुरका २१ वर्षीय उत्तम केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुबै टिपर सहित चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

न्युज कारखाना