🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

४९ लाख प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौँ, २९ चैत (रासस) : महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले प्रतिबन्धित भारतीय रुपैँया केही समयपछि साट्न खुल्ला हुने भनेर झुक्याइ साट्ने गरेको बताए  ।

परिसरका प्रमुख पोखरेलले सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम संकलन गरेर काठमाडौँ आउने गरेको बताए ।
–––