• शुक्रबार-चैत-१६-२०८०

सिद्धार्थनगरको मेयरमा नेपाली कांग्रेस, उपमेयरमा एमाले

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेद्वार इश्तियाक अहमद खानले विजय हासिल गरेका छन् । खानले ९ हजार १३४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेद्वार पूर्व मेयर सागरप्रताप राणालाई पछि पार्दै विजय हासिल गरेका हुन् । राणाले ८ हजार १३७ मत प्राप्त गरेका छन् । 

 

त्यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी उमा अधिकारी निर्वाचित भएकी छिन् । अधिकारीले निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्तालाई पछि पारेकी हुन् । अधिकारीले ८ हजार ८१३ मत प्राप्त गर्दा गुप्ताले ६ हजार ५४४ मत प्राप्त गरेकी हुन् । सिद्धार्थनगर नगरपालिकाको कुल १३ वडा मध्ये ५ वटामा नेपाली कांग्रेस, ४ वटा वडामा नेकपा एमाले, ४ वडामा राप्रपा र एउटा वडामा जसपाले जित हासिल गरेको छ । 

 

सिद्धार्थनगर नगरपालिका वडा नं. १ मा जसपाका उज्जवल पोखरेलले बाजी मारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तवले वडा नं. २, नारायणप्रसाद उपाध्यायले वडा नं.३, मुक्तिनाथ यादवले वडा नं. ४ मा जित हासिल गरेका हुन् ।


 
त्यसैगरी, नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ वडा नं. ५, विरेन्द्रनाथ श्रीवास्तव वडा नं. ६, दामोदारशर्मा घिमिरे वडा नं। ७, राजनजंग राणा वडा नं. ८ र सोमबहादुर गुरुङ वडा नं. १३ मा विजयी भएका छन् । नेकपा एमालेका शेषकान्त भण्डारी वडा नं. ९, सुर्जमन अहिर (यादव) वडा नं. १०, दिलिपकुमार यादव वडा नं. ११ र कुमार गुरुङ वडा नं. १२ मा निर्वाचित भएका छन् । 

प्रतिकृया दिनुहोस