• बिहीबार-चैत-१५-२०८०

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी

बारा । बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।

 

त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका ६ की १३ वर्षीया इच्छा दाहाल । मतगणनाको परिणामको पर्खिरहेका सर्वसाधरणले आफ्नाे भोक मेटाउन काँक्रो किन्ने गर्छन् र कुनै बेला दाहाललाई बेच्न भ्याइनभ्याइ हुन्छ । 

 

विजय उम्मेदवारहरूको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ काँक्रो बेचिरहेका दाहालको छेउमा केराको फेदमा कुराकानी गरिरहेका हुन्छन् । 

 

दाहालले मतगणना परिसरमा काँक्रोको व्यापार गरेर राम्रो आम्दानी गरिरहेकी छिन् । एउटा काँक्रो प्रतिगोटा २० रुपैंयासम्म बिक्री हुँदै आएको पाइएको छ । दाहालले दैनिक २ हजार ५०० बराबरको काँक्रो बिक्री भइरहेको बताइन् । उनले आफनै घरबाट ल्याएको काँक्रो बिक्री गर्ने गरेको उनले बताइन् । 

 

यस्तै मतगणना परिसरमा रहेका आसपासका चिया र नास्ता पसलहरूमासमेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस