• शुक्रबार-बैशाख-७-२०८१

हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसमा रोकाया विजयी

हुम्ला । दुई दलीय गठबन्धन रहेको हुम्लाको मध्या क्षेत्रमा रहेको र्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् ।

 

नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए ।

 

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा कार्कीले १ हजार ६५ मत ल्याएका सर्केगाड गाउँपालिका निर्वाचन अधिकृत छत्र बहादुर शाहीले बताए  ।

 

जिल्लाको मध्या भेगमा रहेको सर्केगाडमा आठ वडा रहेका छन् । जसमा वडा नम्बर २ मा माओवादी केन्द्रका मावल कार्की र वडा नम्बर ६ मा नेकपा एमाले पदमबहादुर शाही एमालेबाट विजयी भएका छन् ।

 

वडा नम्बर ८ मा माओवादी केन्द्रका रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छत्याल नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

 

त्यस्तै कांग्रेसबाट वडा नम्बर ७ मा बल खत्री र वडा ५ मा मादलबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

 

वडा नम्बर ३ मा भने स्वतन्त्र उम्मेदवार अलिक कार्की निर्वाचित भएका छन् । उनी कांग्रेसका बागी हुन् ।

 

प्रतिकृया दिनुहोस