• शुक्रबार-चैत-१६-२०८०

अमेरिकाले क्युबामाथिको प्रतिबन्ध खुकुलो बनायो 

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । बाइडेन प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ । क्युबेलीका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिनेछ । 

 

यस कदमले क्युवाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए । प्रतिबन्धहरू खुकुलो पार्नुले पारिवारिक रेमिटेन्समा कटौती गर्नेछ । 

 

आप्रवासीहरूले क्युबामा परिवारका सदस्यहरूलाई पठाएको रकम  पनि हट्नेछ । पहिले आप्रवासीहरूलाई प्रत्येक तीन महिनामा  १ हजार डलरभन्दा बढी पठाउन रोक थियो । 

 

यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबामाथि गरेको खुकुलोलाई कडाई गर्दैै सन् २०१७ मा क्युबा सरकारमाथि प्रतिबन्ध लगाएको हो ।  ट्रम्प प्रशासनले भिसा पक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध  र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो ।

 

तर, वाइडेन प्रशासनले गरेको खुकुलोलाई क्युबाले स्वागत गरेको छ । क्युबाका विदेशमन्त्रीले प्रतिबन्ध खुकुलोलाई सहजताको दिशामा एउटा सानो कदम भनेका छन् ।  

प्रतिकृया दिनुहोस