• बिहीबार-बैशाख-१३-२०८१

गठबन्धन सरकार र अति हेपिएको नेपाल-भारत कूटनीति !

भैरहवा विमानस्थलकाे सुरक्षा प्रश्न, सुरक्षा निकायकै ठूलो बेइज्जती


 प्रधानमन्त्री पत्नी आरजु राणाले भारतीय जनता पार्टी  (भाजपा)को नेता विजय चौथाई वालेलाई नेपालमा बोलाई राखी बाँधेकाे समेत देखियो । त्यो काम नेपालको लागि भन्दा पनि नेपाली प्रधानमन्त्रीको कुर्सी न फुत्कियोस भन्नको लागि थियो भनेर भन्न सकिन्छ ।

 

   प्र म शेरबहादुर देउवाको भारत भ्रमणको तालमेल मिलाउन शेरबहादुर पत्नी भारतीय नेताहरुको घर घर पुगेकाे अर्काे विचित्रकाे घटना पनि भयाे । भारतीय नेताहरुको घर घर पुग्नकाे कारण आफ्ना श्रीमानको प्रधानमन्त्री पदकाे कुर्सी दह्राे  बनाउने उद्देश्य रहेकाे भनेर दावी नै गर्न सकिन्छ ।
 
   भारतीय निम्तोमा औपचारिक भ्रमणमा गएका नेपाली प्रधानमन्त्री शेरबहादुरले पदको खिल्ली उडाएर  कूटनीतिक मर्यादा उल्लंघन गर्दै २०७८ चैत १८ गते नै भाजपाको कार्यालय पुगेर टोपी फुकाली दर्शन गरेकाे दुर्भाग्यपूर्ण इतिहास प्रधानमन्त्री शेरबहादुर देउवाले राख्न पुगे । नेपाली ईतिहासमा यति लाचार र ''उत्ताउलाे कूटनीति'' प्रदर्शन काम बि.सं. २०१७ पछि कहिले भएको थिएन।


 जयसिंह धामीकाे २०७८ साउन १५ गते भारतीय एसएसबीले महाकाली नदीकाे तुइन काटेर  हत्या गर्दा समेत देउवाकाे नेतृत्वकाे गठबन्धन सरकार उनको पार्टी नेपाली कांग्रेसले एक शब्द बोलेन ।

 

प्रमं शेर बहादुरले भरखरै उद्घाटन  गरेको गौतम बुद्ध एयर्पोर्ट, भैरहवालाई  चीन सरकारले बनाएको भनेर भारतीय साउथ ब्लक र "रअ" को योजनामा प्र म मोदीलाई चीनले बनाएको त्यो विमानस्थलमा मोदीको खुट्टा टेक्न नपरोस् भनी लुम्बिनीमा अर्कै हेलिप्याड बनाइ मोदीलाई लुम्बिनी उतारिदैछ ?

 

  लैनचाैरस्थित भारतीय राजदूवासले आयाेजना गरेकाे नेपालको प्रधानमन्त्री देउवा तत्कालीन भारतीय राजदूत विनय मोहनकाे  विदाई गर्न लैनचौर दरबार पुगी तावेदारी देखाए । यो निर्लज्जभन्दा पनि देशको प्रधानमन्त्रीले कूटनीतिक मर्यादा उल्लंघन गर्दै नांगिएको एउटा नजिर हो ।  

 

 भर्खरै भन्दैछन् "नेपालको जल विद्युत जति भारतलाई दिनु पर्छ-नत्र भारत रिसाउछ, अनि हाम्रो बिजुली किन्दैन, भारतले" ।

 

 एउटा स्वतन्त्र, सार्वभाैम मुलुककाे प्रधानमन्त्रीले गरेकाे माथिका सबै घटना-तावेदारी शेरबहादुरको कार्यकालमा भारतमार्फत "जस" पाइयोस् र देउवा दम्पत्तिको शिर ठाडो होस् भन्ने नै हो भनेर मान्न सकिन्छ । अलिकति नेपालको लागि भलो चिताको पनि हुन सक्छ ?  


भारत सरकारले खै के गर्यो त ?

 अस्ति मात्रा प्र म शेरबहादुर, माकुने, प्रचण्डले लैनचौर दरबारमा पुगी, घुँडा टेकेर विदाइ गरेका भारतीय राजदूत विनय मोहन क्वात्रा अहिले भारतको  विदेश सचिव भएका छन् । अनि उनले नेपाल सरकारलाई प्रस्ट  नै भनिदिएकि " प्रबुद्ध समूह'' अर्थात इपिजिले दिएको प्रतिवेदन भारत सरकारको हातमा परेको छैन । हामीलाई थाहा छैन ।  त्यो प्रतिवेदन भारत सरकारसँग होइन उनै इ पि जि समूहसँग होला " । भारत सरकारलाई थाहा छैन।

 

प्रमं शेर बहादुरले भरखरै उद्घाटन  गरेको गौतम बुद्ध एयर्पोर्ट, भैरहवालाई  चीन सरकारले बनाएको भनेर भारतीय साउथ ब्लक र "रअ" को योजनामा प्र म मोदीलाई चीनले बनाएको त्यो विमानस्थलमा मोदीको खुट्टा टेक्न नपरोस् भनी लुम्बिनीमा अर्कै हेलिप्याड बनाइ मोदीलाई लुम्बिनी उतारिदैछ ?

यस्ताे घटनाले कूटनीतिक मर्यादा उल्लंघन गर्ने सार्वभाैम देशका प्रमं शेरबहादुरको लागि लाज नहोला, तर नेपालको कूटनैतिक ईतिहासमा "कालो धब्बा" हो भनेर मान्न सकिन्छ ।

नेपालका सत्तारूढ दल र अन्य दलका नेताहरूकाे गैरकूटनीतिक  गतिविधि, शैली र चरित्रले गर्दा, दिल्लीका विभिन्न घर, अफिस र होटेल होटेलमा श्रम गरेर जीवन धानिरहेका नेपालीलाई भनिने "बहादुर" जस्ताे शब्दले हेप्ने अवस्था सिर्जना गरिएको हो ।

 

 तिनै नयाँ भारतीय विदेश सचिव क्वात्राले भैरहवा विमानस्थल सुरक्षित नहुँदा छुट्टै हेलिप्याड बनाउनु परेको समेत बताए दिल्लीमा भएकाे पत्रकार सम्मेलनमा। के यो भनाई नेपाल देशको बेइज्जती होइन त ? माेदीकाे लुम्विनी यात्रा र भारतीय विदेश सचिव क्वात्राकाे भैरहवा विमानस्थल असुरक्षित छ भन्ने भनाईले १ लाख जति  सेना, झन्डै डेढ लाख प्रहरी (दुबै प्रहरी संगठन), अनि हजारौं  राष्ट्रिय अनुसन्धान विभागको लागि झनै ठूलो बेइज्जती भएकाे छ ।

 

भारतीय सेनाका मानार्थ महारथीहरुलगायत, प्रहरी महानिरीक्षकहरु, राअविका प्रमुख लगायतलाई लाज लाग्नु पर्छ । अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय अपमान भएको एकिन हुनै पर्छ। के तपाईंहरुकाे विभागकाे सुरक्षा संयन्त्र असक्षम भएकै हो त ? भीभीआईपी (VVIP Security)  सुरक्षाका लागि ?!  

 

 यस घटनाले प्र. म. देउवाले भारत जाँदा समकक्षी मोदीसँग मागेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा भैरहवा र महेन्द्रनगरबाट भित्र -बाहिर गर्ने हवाई रुट बारे लात मारेको छ, भारतले ।

 

 भारतका लागि नेपाली राजदूत शंकर शर्माको एग्रिमो भारतले ३ महिना लगाएर स्वीकृति दियो । देउवा सरकारको लागि यो अर्को बेइज्जती थियो ।

अब परिणाम के त ?

१. देउबा पत्नीपले भारतीय नेतालाई राखी बाँधेको ?

२. प्र.म. देउवा पत्नी भारतीय नेताको घर घर पुगेको ?

३. प्र म शेरबहादुर भाजपा कार्यलय पुगी दन्डवत् गरेको ।


५. नेपालका विद्युत उत्पादनकाे जिम्मा भारतलाई दिन्छु भनी घोषणा गरेको ।


अन्तमा

यो तथ्य, प्रमाणमा आधारित् सोधाई हो । कुनै ब्यक्ति वा दलप्रति बैरभाव  छैन । तर, नेपालको इज्जत हुनुपर्छ भन्ने देश प्रेमीहरुको लागि पक्कै पनि पीडाबोध भएको हुनै पर्छ।   मलाई  असैह्य पीडा भएर प्रश्नहरु राख्ने दुष्प्रयास गरें  ।

प्रतिकृया दिनुहोस