काठमाडौं, चैत्र २८ \\ त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (एमडी/एमएस) को शूल्क डा.गोविन्द केसीले माग गरेको भन्दा कम निर्धारण गरेको छ।
डा.गोविन्द केसीले रु २३ लाख निर्धारण हुनुपर्छ भनेर माग राखेका थिए। तर, शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले एमडी/एमएसको शूल्क गोविन्द केसीले माग गरेभन्दा १ लाख कम अर्थात् २२ लाख रुपैयाँ तोकेको हो।
सबै स्थिति बुझेर र समग्र अवस्था विश्लेषण गर्दै २२ लाख रुपैयाँ शुल्क तोकेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।
कार्यकारी परिषद्ले तोकेको शुल्क कार्यान्वयन भए-नभएको डिन कार्यालयले हेर्ने र कुनै संस्थाले त्रिविले तोकेको शुल्क कार्यान्वयन नगरे कारवाही गरिने उप्रेतीले बताए।



