🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आङ्काजी शेर्पा सोलु दुधकुण्डको मेयर पदका उम्मेदवार सर्बाधिक चर्चामा

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा भने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार आङकाजी शेर्पाले नै जीत हासिल गर्ने चर्चा सुरु भएको छ ।

नेकपा एमालेका उम्मेदवारहरु प्रति मतदाताको बढ्दो समर्थन र मतदाता माझ उम्मेदवारको लोकप्रियताका कारण मेयरमा आङकाजी शेर्पाको जीत सुनिश्चित रहेको सर्वत्र चर्चा छाउन थालेको छ ।

मेयरका उम्मेदवार शेर्पाले आफूसँग विकास र समृद्धिको वृहत्तर योजना रहेको र मेयरमा विजयी भई नगरपालिकाको विकासको नेतृत्व गर्न चाहेको बताउँदै आएका छन् ।

विकासप्रतिको आफ्नो भिजनलाई व्यवहारमा ढालेर नगरपालिकालाई एउटा नमुना नगरको रुपमा विकास गर्ने आफ्नो योजनालाई साकार पार्न आम मतदातालाई अनुरोध गरिरहेका छन् ।

शेर्पाको चुनावी प्रचारप्रसार अभियानमा एमालेका केन्द्रीय तथा जिल्लास्तरका सबै नेताहरु एक ढिक्का भएर लागि परेका छन् ।

एमालेबाट यसअघि मेयरका आकांक्षीहरुले समेत शेर्पालाई अनवरत रुपमा साथ दिएका कारण पनि एमाले एक ढिक्का भएर लाग्दा परिणाम एमालेकै पोल्टामा पर्ने सुनिश्चित रहेको जनस्तरमा समेत चर्चा हुने गरेको छ ।

शेर्पाको जीतका आधारहरु
१. लोकप्रिय युवा नेता

आङ काजी शेर्पा युवा माझ एक लोकप्रिय युवा नेता हुन् । गत मंसिरमा सम्पन्न सोलु काँग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक ५६४ मत उनैले पाएका थिए । जब कि पूर्व जिल्ला सभापति आङ गेलु शेर्पाले समेत ४६७ मात्र ल्याएका थिए ।

आङ काजी शेर्पा पार्टी भित्र मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय छन् । उनले सोलुखुम्बुका धेरै युवाहरुलाई विभिन्न भैपरी आउने काममा सहयोग गर्दै आएका छन् । मिलनसार व्यवहार भएका शेर्पासँग संगत गर्ने अधिकांश उनलाई मतदान गर्न काठमाडौ बाट जिल्ला प्रवेश गर्ने क्रम जारी छ ।

२. विपक्षीको झुटो प्रचार

नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार एवं निवर्तमान सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गरेको झुटो प्रचारका कारण नगरपालिकाको वडा नं. ८, ९ र १० का मतदाता चिढिंएका छन् । उनले वडा नंं ८ र ९ को बीचमा पर्ने चट्याङघाटमा बन्दै नबनेको पूल बनिसकेको दाबी गर्दै गएको वैशाख ४ गतेको कान्तिपुर दैनिकमा समाचार छपाएका थिए ।

उक्त पुल हाल लथालिङ्ग अवस्थामा भए पनि ३ करोड ६५ लाखमा निर्माण सम्पन्न भएको दाबी गर्दै आफ्नो कार्यकालमा पालिकाकै लगानीमा ८ पक्की पूल शीर्षकमा झुटो समाचार छपाएका थिए । उनको झुटो प्रचारका कारण काँग्रेस पार्टीकै प्रतिबद्ध मत समेत आङ काजीले पाउने र जीतको लागि सहज हुने विश्लेषण गरिएको छ ।

हुँदै नभएको काम समेत सम्पन्न भएको भन्दै हाकाहाकी जनमतको अपमान गरेका उम्मेदवार शेर्पालाई साटो फेर्ने दाउमा बसेका मतदाताले वैशाख ३० पर्खिरहेका छन् ।

३. विपक्षी भित्रको आन्तरिक खिचातानी

सोलु दुधकुण्ड नगरपालिकामा नेकपा एमाले र काँग्रेस नै मुख्य प्रतिस्पर्धी दल हुन् । अन्य ठाउँमा काँग्रेस, माओवादी लगायत अन्य दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा आए पनि सोलु दुधकुण्डमा सबै दलहरु एक्ला एक्लै भिडिरहेका छन् ।

काँग्रेसभित्र पनि गेलु काँग्रेस र बलबहादुर काँग्रेस भनेर दुई कित्तामा विभाजित छ । हालका मेयरका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पा र उपमेयरका उम्मेदवार गान्धीमाया तामाङ दुवै गेलु पक्षीय काँग्रेसका हुन् ।

आफ्नो पक्षबाट कुनै पनि उम्मेदवार नबनाएको भनेर केसी पक्षीय काँग्रेस कार्यकर्ताहरु उनीहरुलाई हराउन भनेर खुलेरै लागेका छन् । विपक्षी र प्रतिस्पर्धी दलभित्र भएको आन्तरिक खिचातानीको फाइदा एमालेलाई पुग्ने निश्चित छ ।

४. सन्तुलित उम्मेदवार चयन

नेकपा एमालेले यस पटक सबै क्षेत्रमा सन्तुलन मिलाएर उम्मेदवारहरु उठाएका छन् । वडा तहमा खडा गरेका उम्मेदवारहरुले पाउने भोटको योग नै लगभग मेयर, उपमेयरले पाउने हुँदा जीतका लागि वडा तहका उम्मेदवारहरु जिम्मेवार हुन्छन् । यो चुनावमा अघिल्लो स्थानीय तहको निर्वाचनमा भागै नलिएका तिङ्लाको मतलाई विशेष महत्वका साथ हेरिएको छ ।

तिङ्लाको मत नै निर्णायक मत हुनसक्ने आंकलन गरिरहेका बेला एमालेले सोलु दुधकुण्ड नगरपालिका वडा नं. ११ की मोहन कुमारी कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ भने वडा नंं ११ को वडाध्यक्षमा मानबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ ।

कटुवाल तिङ्लाका समाजसेवी एवं सरकारी तथा गैरसरकारी संस्थामा लामो समयदेखि विभिन्न पदमा क्रियाशील अनुभवी व्यक्ति हुन् ।

५. धार्मिक पूजाको प्रभाव

२०७६ सालको वैशाखमा युवा नेता आङ काजी शेर्पाले नगरपालिकाको वडा नंं. ८, केरुङमा बज्रगुरु पूजा लगाएका थिए । त्यत्तिखेर पूजा मूल आयोजक समितिका अध्यक्ष आङकाजी शेर्पा नै थिए ।

बौद्धमार्गीहरुका लागि त्यत्ति ठूलो धार्मिक कार्यमा भाग लिने अवसर प्रदान गरेकोमा आङ काजी प्रति गुण फर्काउन चाहने ठूलो जमात छ । बौद्धमार्गीहरुले उक्त गुण कहीं न कहीं वैशाख ३० को मतदानमा व्यक्त गर्ने उम्मेदवार आङ काजीको अपेक्षा छ ।

६. प्रभावशाली व्यक्तित्व

आङ काजी शेर्पाको प्रभावशाली व्यक्तित्वका कारण पनि उनी प्रति मतदाताको आकर्षण बढ्दो छ । हालै सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. १ मा भएको चुनावी सभामा २०७४ को निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्ष जितेका छोङबा लामाको समेत उपस्थिति थियो । उनले समेत आङ काजीलाई अँगालो हालेर भोट एमालेलाई नै दिने संकेत गरेका थिए । एमालेले त्यस वडाबाट यसपटक छोङ्बा शेर्पालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।

नाताले एमालेका छोङ्बा काँग्रेसका बाजे पर्ने हुन् । नातीले बाजेलाई सहयोग गर्नु आफ्नो कर्तव्य नै भएको निवर्तमान वडाध्यक्ष लामाले बताउँदै आएका छन् ।

७.पार्टी भित्र एक ढिक्का

मेयरका उम्मेदवार आङकाजीको पक्षमा पार्टी पंक्ति एक ढिक्का छ । चुनावी कार्यक्रमहरु प्रायः प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी देखि वर्तमान उपमेयर कल्पना राई, केन्द्रीय सदस्य मानवीर राई तथा जिल्ला तहका नेताहरु महेश किराँती, दिपक राजभण्डारी, डि.बी. नेपालीलगायतको उपस्थितिमा हुने गरेका छन् । पार्टीको सबै शक्ति लागि परेकाले पनि शेर्पाको जीत सुनिश्चित भएको नेताहरु बताउँछन् ।

८. काजीको पक्षमा जुट्दै गएको जनलहर

व्यवसायिक जीवनमा एक पछि अर्को सफलता हासिल गर्दै आएको शेर्पाको अहिले पनि ठूला ठूला परियोजनाहरु सन्चालित छन् । ती परियोजनाहरुमार्फत विकासको मार्गचित्र दर्शाई सकेका शेर्पाले झनै नगरपालिकाको नेतृत्व गर्न पाए नगरपालिकाको समग्र विकासको रुप फेरिन्छ भन्ने विश्वास जनमासमा पर्दै गएको छ ।

जसका कारण शेर्पाको लोकप्रियता बढ्दै गएको छ । विभिन्न वडामा आयोजना गरिएको चुनावी सभामा आङकाजी शेर्पा प्रतिको जनलहर बढ्दो छ ।

२०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले २ हजार ७ सय ५१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार आङ इगेले (झलक) शेर्पाले २ हजार ६ सय १ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार शेर्पाले भन्दा कांग्रेसका उम्मेदवारले १ सय ५० मत मात्र बढी ल्याएका थिए ।

तत्कालीन स्थानीय तहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकामा १० वटा मात्र वडा थिए । जस अन्तर्गत वडा नं. १, वडा नं. २, वडा नंं ४ र वडा नंं ९ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो भने बाँकी ६ वटा वडाहरु (वडा नं. ३, ५, ६, ७, ८ र १०) मा नेकपा एमालेले जितेको थियो । यसपटक भारी मतान्तरले एमालेका उम्मेदवारहरुले जीत हासिल गर्ने सम्बन्धित उम्मेदवारहरुले दाबी गर्दै आएका छन् ।