🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

रत्ननगर, चितवन, २६ चैत (रासस) : चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ । 

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए  । 

सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको छ । नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा खनालले भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो । नगरपालिका–१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घर भत्काइएको नगरपालिकाले जनाएको छ । 

दश महिनाको अवधिमा ३० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको नगरपालिकाले जनाएको छ । असारमा रत्ननगर नगरपालिका कार्यपालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो । 

विभिन्न व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यवाहक नगर प्रमुख विमला दुवाडीले बताए । नगरपालिकाले सौराहाचोकबाट उत्तरतर्फ सार्वजनिक जग्गा खोजी गरी त्यहाँ पार्किङ स्थल निर्माणको काम शुरु गरिसकेको छ । 
–––