🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोर्दीमा सत्तागठबन्धनको प्रतिवद्धता : २० युनिट सम्मको विद्युत र शिक्षा नि:शुल्क

 लमजुङ।लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो ।

शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

गाउँपालिकामा जलविद्युत आयोजनाबाट आएको रोयल्टीबाट २० युनिटसम्मको विद्युत महशुल नि:शुल्क गराइने प्रतिवद्धता जनाइएकाे छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्रोत तथा सिंचाई पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण, व्यवसायीकरण र प्रविधिको उपयोग गरी विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रतर्फ ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै नि:शुल्क स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने लगायतका अन्य प्रतिवद्धताहरु उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट हुने समस्या न्युनिककरण गरी वातावरणसम्बन्धी एक गाउँ एक पोखरी निर्माण गरिने र गाउँगाउँमा वाइफाइको व्यवस्था गरिने प्रतिवद्धतामा उल्लेख गरीएको छ ।

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका लालबहादुर गुरुङ र उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले चुनावी मैदानमा होमिएका छन् । एमालेबाट अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।