🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कसले बुझ्ला रसुवागढीको कन्तबिजोग ?

रसुवा, धुन्चे । नेपालको छिमेकी मित्रराष्ट्र चीनस“ग हाल चल्तीमा रहेको एक मात्र नाका रसुवागढीको दुर्दशा हेर्ने हो भने यो अन्तर्राष्ट्रिय नाका नभएर दुर्गम गाउ“पालिकाको एक गाउ“बाट अर्को गाउ“ जाने खोल्सी जस्तो लाग्छ । सीमानाका भन्दा एक किलोमीटर वर नै भएपनि त्रिपाल र पाल टा“गेर बसेका सुरक्षाकर्मी, अध्यागमन र भन्सारका अधिकारीहरू तिनका चहलपहल देख्दा मात्र यो एक मुलुक र अर्को मुलुक आउजाउ गर्ने ठाउ“ रहेछ भन्ने भान हुन्छ । प्रथम त विश्वकै ठूलोमध्येको अर्थतन्त्र र जनसंख्या भएको र प्रविधिका कोणबाट पनि निकै उन्नत रहेको चीनस“ग जोडिएको यो नाकासम्म पुग्ने बाटोलाई नेपाल राज्यले एकरत्ति पनि प्राथमिकतामा नराखेको प्रष्ट देखिन्छ । 
 रसुवासम्म जाने बाटौ नै वर्षायाममा दैनिक झैं बन्द हुने र खोल्नुपर्ने वाध्यता वर्षौंदेखि कायम छ । अन्तर्राष्ट्रिय नाकामा हुनुपर्ने एउटै पनि सुविधा, पूर्वाधार र भौतिक संरचना यहा“ छैन । रसुवामा कार्यरत एक नेपाल सरकारका उच्च अधिकारी भन्छन् रसुवा–काठमाडौ जोड्ने बाटो अबरुद्ध हुने र खुलाउने भनेको त नियमित प्रक्रिया नै हो । अलिक वर्षा हुनासाथ पैरो गएर बन्द हुने धराप बाटोका कारण व्यवसायीले निकै हैरानी खेप्नु परिरहेको छ । 
 सीमानाकामा चुस्त बनाउनु पर्ने सुरक्षा व्यवस्थाप्रति राज्यको ध्यान गएको छैन । हाम्रातिरका सुरक्षाकर्मीहरू पालमा बसेर सीमा सुरक्षा गरिरहेका छन् । अझ अध्यागमन कार्यालय त बस्ने ठाउ“ नै नभएर सीमाभन्दा एक किलोमीटर वरै राखिएको छ । 
एक किमी भनेको लामो दुरी हो र यसबीचमै कुनै मानिस लुसुक्क नेपालतर्फ छि¥यो भने पनि थाहा हुने अवस्था छैन । सीमामा अनिवार्य रुपमा हुनुपर्ने क्वारेण्टाइन कार्यालयको त कल्पना नै गर्न सकिन्न । अध्यागमन कार्यालय र सुरक्षाकर्मीलाई पालमा राख्ने अवस्था विद्यमान रहेकै बेला ड्राइपोर्टको कुरा कसरी सोच्ने ? ड्राइपोर्टको अभावमा चौरमै आयात र निर्यात गरिएका सामान राख्नुपर्ने वाध्यता छ । यसो हु“दा सामान चोरिने, हराउने र शिल तोडिने सम्भावना पनि उत्तिकै रहन्छ । ड्राइपोर्ट भएमा कर्मचारी र व्यवसायीलाई सजिलो हुनुका साथै आयात निर्यातको कार्य पनि व्यवस्थित हुन्छ । 
क्वारेन्टाइन चौकी नहु“दा उताबाट रोगी र संक्रमित अस्वस्थ पशुहरू नेपाल आउनसक्ने र यसले माहामारी फैलाउन सक्ने अवस्था विद्यमान छ ।  यसले गर्दा मानिस अवैध रुपले नेपाल छिर्नसक्ने, आवतजावत गर्नसक्ने, अन्तर्राष्ट्रिय नाकामा रोगी र अस्वस्थ पशु भित्रिने भित्र्याउन सकिने । अहिलेसम्म अन्तर्राष्ट्रिय व्यापार गर्ने नाका निकै अव्यवस्थित, ड्राइपोर्ट हुनेपर्ने, भएमा व्यवसायीदेखि कर्मचारीलार्ई समेत काम गर्न सजिलो हुने, यसको अभावमा चौरमै गाडीहरू राख्नुपर्ने, चोरीको सम्भावना पनि हुने ।

चीनस“गको एक मात्र सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय नाकाको अवस्था नेपालतर्फ यस्तो रहेको भएपनि चीनतफै भने पूर्वाधारको पूर्ण विकास भएको छ । अत्याधुनिक भौतिक संरचना, पूर्वाधारको चुस्त विकास र सम्भावित सबै आधुनिक प्रविधिको प्रयोग चीनतर्फबाट हुने गरेका छन् । 
हाम्रातिरका सरकारी अधिकारी पहिरोले बाटोमै थुनिएर थुप्रै दिनसम्म रसुवा पुग्नसक्ने अवस्था हु“दैन भनी पक्का गर्न नसकिने भएपनि चीनतर्फबाट भने दुई महिनाभित्रै रसुवागढीसम्म दुई लेनको सडक बनिसक्ने छ । पहिरोले असर नगर्ने प्रविधिको प्रयोग गरी यो बाटो निर्माण गरिन लागिएको छ । पहाडी चट्टान र ठूला पहाडहरूका बीचबाट बनाइने यो सडकमा माथिबाट पहिरो नै नखस्ने गरी निर्माण गरिन लागिएको हो ।