काठमाडाैं । २०७८ चैत २९ गते IndiGo एयरको उडानद्वारा काठमाण्डौंबाट भारतको दिल्ली जान लागेका यात्रु भारतीय नागरिक आधार कार्ड नम्बर 453975340983 वाहक वर्ष ३२ को KANHAIYA LAL ले लिई आएको DELL लेखिएको कालो रंगको पछाडी भिर्ने ह्याण्ड व्यागलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा अवैध रकम फेला परेकाेले पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त व्याग भित्र हरियो प्लाष्टिक भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया ५०० दरको थान- २१७ (दुई सय सत्र) ले जम्मा भारतीय रुपैया १,०८,५००।– (एक लाख आठ हजार पाँच सय मात्र) र नेपाली रुपैया १००० दरको थान ६१४ (छ सय चौध) र ५०० दरको थान-८० (असी) ले जम्मा नेपाली रुपैयाँ ६,५४,०००।– (छ लाख चौवन्न हजार मात्र) लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको प्रहरीले बताएकाे छ ।
रसुवा नौकुण्ड गा.पा.वडा नं. ०१ स्थायी वतन भएका वर्ष ३२ को सुकुराम लामाले लगाई आएको EAST 100% लेखिएको कालो-खैरौ रंगको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई सुनको सिक्री थान-२ (दुई) को अन्दाजी तौल ९९.९६ ग्राम ( मूल्य रु.८,५३,२०८.५८।-) बराम द गरिएकाे छ ।
रसुवा नौकुण्ड गा.पा. वडा नं. ०६ स्थायी वतन भएका वर्ष २७ को पेम्बा थोक्राले लगाई आएको Classic MUNK STAR JEANS लेखिएको निलो रंगको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई सुनको सिक्री थान-२ (दुई) को अन्दाजी तौल ९९.९६ ग्राम ( मूल्य रु.८,५३,२०८.५८।-) बरामद गरिएकाे छ । ्
साथै रसुवा नौकुण्ड गा.पा. वडा नं. ०६ स्थायी वतन भएका वर्ष २२ को बुद्धिमान तामाङले लगाई आएको XDQY लेखिएको कालो-खैरौ रंगको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई सुनको सिक्री थान-२ (दुई) को अन्दाजी तौल ९९.९६ ग्राम (मूल्य रु.८,५३,२०८.५८।-) एयरपाेर्ट प्रहरीले बरामद गरेकाे जानकारी दिएकाे छ ।




