🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुकुरले मानव खप्परको कंकाल ल्याएपछि…

खोटाङ, २१ चैत : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ ।

साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।

सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए । 

    दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताए । 

    सोही ठाउँका बिष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन् । कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन् । तर, आधिकारिक पूष्टि बिना खप्परको कंकाल ‘कसको हो’ भनेर यकिन गर्न सकिन्न । बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको वडाध्यक्ष राईले बताए । 

न्यूज कारखाना