काठमाडौं, चैत्र २० \\ एक सार्वजनिक समारोहबीच मध्यपुर-थिमी नगरपालिकाकाले मध्यपुर-थिमीलाइ प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको छ।
सार्वजनिक समारोहलाइ सम्वोधन गर्दै मध्यपुर-थिमीका मेयरले भने, “यथार्थमा मध्यपुर-थिमीलाइ यहाँका जनताले नै प्लास्टिकमुक्त गरिसकेका छन्; नगरपालिकाले त त्यसैलाइ औपचारिकता मात्र दिएको हो।”
“सरकारले पटक-पटक निर्णय गरेर पनि जुन काम पटक्कै गर्नसकेको थिएन, त्यो काम स्थानीय जनताले गरेर देखाइदिए”, मेयरले भने।



