🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कपाल तस्करी गर्ने गाडीसहित ३ जना पक्राउ

सुनसरी । नेपालका सीमा नाकाहरूबाट विभिन्न बस्तुहरूकाे तस्करी बढ्दै गएकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आक्कलझुक्कल पक्राउ पनि गर्ने गरेकाे छ । तस्करी कै सामान पक्राउ गर्ने क्रममा सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पुर्व–पश्चिम लोकमार्गबाट २०७८ चैत ९ गते सशस्त्र प्रहरीले करिब ९ लाख रुपैयाँ बराबरको कपालसहित ३ जनालाई पक्राउ गरेको छ ।

        पक्राउ पर्नेहरुमा गाडी चालक झापा जिल्लाको बिर्तामोड नगरपालिका ८ बस्ने ३४ वर्षीय नविन खड्का, सह चालक झापा जिल्लाकै भद्रपुर नगरपालिका ४ बस्ने ३४ वर्षीय सुरेन्द्र निरौला र उक्त कपाल ल्याउँने ब्यक्ति भारतमा घर बताउने ३४ वर्षीय ताजमोल शेख रहेकाे सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

        सशस्त्र प्रहरी बल नेपाल बिओपी हरीपुरबाट खटिएको सशस्त्र प्रहरीले मे १ ख २६१२ नम्बरको ट्रकमा जाँच गर्दा १ हजार ५० के.जी. कपालको बिल बिजक नभएको पाईएपछि बरामद गरिएको हो । सशस्त्र प्रहरीबाट सामान बाेक्ने ट्रकसमेत बरामद गरिएको छ ।

        पक्राउ परेकाहरुलाई बरामद कपाल तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।