🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालकाे तीन विकेट गुम्याे

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएकाे एक सय ६९ रनको  लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा तीन विकेट गुमाएकाे छ । 

यसअघि युएईले ४६ ओभर तीन बलमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेकाे थियाे । यूएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाए । 

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिए । यसबाहेक, करण केसीले तीन विकेट लिए । उनले ७।३ ओभर बलिङ गर्दा एक मेडनसहित १६ रन खर्चिए । यस्तै, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।