• शनिबार-बैशाख-८-२०८१

पूर्णचन्द्र चीफको कार्यकाल मनपरीतन्त्रमै बित्यो ! : सस्तो लोकप्रियताका लागि अनावश्यक र फजुल खर्च  

 
गणतन्त्र पश्चात नेपाली सेनाको संगठनभित्र शक्तिशाली बनेका प्रधान सेनापतिहरुले आफ्नो कार्यकालमा विभिन्न नयाँ कार्यक्रमहरु ल्याउने प्रचलनमा पनि वृद्धि हुँदै गयो । यस्ता कार्यक्रमहरु समयको आवश्यकता र प्रधान सेनापतिको व्यक्तिगत चाहना तथा ईच्छामा पनि भरपर्ने भयो । यस्ता कार्यक्रम तथा नीतिहरु प्रधान सेनापति आफैले चाहेर वा उनका टिमका उच्च अधिकारीहरुको प्रभाव पनि रहन्छ जसले सैनिक व्यक्तिहरुको वृत्ति विकासलगायत समग्र सैनिक संगठनलाई पनि प्रत्यक्ष प्रभावित तुल्याउने गरेको छ । 


विगतको प्रधान सेनापतिहरुको कार्यकालमा ल्यार्ईएका यस्ता कार्यहरुको प्रभावको तुलनामा पछिल्लो पटक सेवा निवृत्त भएका पूर्णचन्द्र थापाको कार्यकालमा संगठनका व्यक्तिहरु र समग्र सैनिक संगठन वा देशलाई नै पु¥याएको गम्भीर र अपुरणीय क्षतिको बारेमा यहाँ विश्लेषण गरिएको छ । सेना र राष्ट्रकै लागि महŒवपूर्ण र सम्मानित मानिएको फोर्स कमाण्डरको नियुक्ति २ वर्षका लागि भएता पनि त्यहाँ काम गर्न नसकेर यता प्रधान सेनापति हुने लोभलालसामा पूर्णचन्द्र थापा त्यहाँबाट १ वर्षमा नै फर्किए । यिनी प्रधान सेनापतिको लाइनमा नरहे पनि त्यसबेलाका प्रधान सेनापतिलाई विभिन्न प्रभावमा पारेर पछिल्लो समयमा निर्विकल्प प्रधान सेनापति बन्ने अवस्थाको सिर्जना हुनगयो । त्यस्तो निश्चित माहोल भएपनि थापाले अन्तिम समयसम्म तत्कालीन माओवादी मन्त्रीलगायतका विभिन्न मन्त्री तथा शक्ति केन्द्रहरुमा सलाम ठोक्दै ढोका चहार्न छोडेनन् ।


    यता प्रधान सेनापति हुने वित्तिकै यिनले नेपाली सेनाको परम्परा, चलन विपरीत युएन तथा अन्यन्त्रतिर प्रचलित विभिन्न प्रकारका आफ्नो माटो असुहाउँदो सस्ता र प्रचारमुखी कार्यक्रमहरु ल्याउन सुरु गरे । तर, विगतका प्रधान सेनापतिहरुलाई प्रभावमा पारेर  नेपाली सेनामा मालदार अड्डा मानिने र जर्नेलहरुका लागि आकर्षक कल्याणकारी निर्देशक बन्नु र संभार रथी विभागमा लामो समय रहनु तर सेनाको महŒवपूर्ण अपरेशनतर्फको ज्ञान नहुनु, यिनी कहिल्यै प्रधान सेनापतिको रोलमा नभएका एवम् औसत अधिकृत हुनु, युएनको नियुक्ति बिचमै हापेर अनेक हथकण्डाले प्रधान सेनापति हुनु आदि कारणले यिनका कार्यक्रमहरु हावादारी र उताउला÷भड्किला मात्र हुन भन्ने कुरा अनुभवी र बुझ्ने अधिकृतहरुले सुरुदेखिनै आँकलन गरेका थिए । 


 सेनामा भावी प्रधान सेनापति को बन्ला भनेर फुलकर्नेलदेखि नै थाहा हुन्छ । उनीहरु त्यसै अनुसार, आफूलाई प्रस्तुत गर्छन्, भविष्यका योजना बनाउँदछन्, भिजन बनाउँद छन्, संगठनमा राम्रो छाप छाड्नका लागि । तर पूर्व चीफ थापा चाहिं अप्राकृतिक र अस्वभाविक ढंगले आएको हुनाले जान्ने बुझ्ने यिनलाई राम्रोसंग चिन्नेहरुले सुरुदेखिनै यिनको उत्ताउलो तथा भड्किलो व्यवहार र काम गराईले सेनालाई क्षति पु¥याउने कुरामा सचेत थिए ।

 

तर, सेनामा सिनियरले जे ग¥यो त्यसैलाई सही हो भन्ने बाध्यताले सेनालाई यस्तो अवसरवादीहरुबाट जोगाउने सम्भावना रहेन । यिनले आर्थिक पारदर्शिताको जुन नारा ल्याए,  त्यो हास्यास्पद र कुटिलमात्र हो भन्ने पनि थाहा थियो किनकि यिनी सधैँ आर्थिक चलखेल हुने ठाउँमा बसी नपत्याउँदो तरिकाले आर्थिक कमाई गरिरहे । अझ सेनापति हुनु २÷३ महिना अघि गरेको छोरीको बिहेमा हुनेवाला प्रधान सेनापति भनेर गाडी, क्याटरिङ्ग, गरगहनालगायतका सबै खर्च गर्न ठेकेदारहरुलाई जिम्मा  दिएको चर्चा पनि त्यसै बखत सेनामा हुने गरेको थियो । 


      थापा प्रधान सेनापतिमा नियुक्ति हुनासाथ जब यिनले २५० वर्ष भन्दा लामो इतिहास भएको संगठन र यसका पूर्व प्रमुखहरुका मानमर्दन गर्दै सेनामा आफूले जिरोबाट सुधारका कार्यहरु गर्नु परेको, अरु कसैले केही नगरेको, आफ्ना सहकर्मीलगायत उच्च अधिकृतहरुको अबमूल्यन गरी वा बेइज्जत हुने गरी आफूमात्र ठीक रहेको भनि आक्रमक र रुपमा प्रचारप्रसार गर्न थालेपछि पुरै संगठनको शिर निहुरीन थाल्यो ।

 

यो संगठन नै भ्रष्ट रहेको, यहाँ पद्धति र प्रणाली नरेहेको जस्ता कुरा राखी संगठन र यसका अग्रजहरुको अवमूल्यन गर्न थाले प्रश्चात यिनका कदमहरु सेनाको लागि दुर्भाग्य हुने प्रष्ट संकेतहरु देखिन थाले । यद्यपि तत्कालीन समयमा यिनले अपनाएको चतुर शैलीले थापाले भनेको÷गरेको ठीकै हो कि भन्ने भान पार्न भने सफल भएका थिए । यिनले प्रचार प्रसारका लागि केही पत्रकार, अनलाइन र अन्य मिडिया प्रयोग गरे । यसको अनुभव यिनलाई कल्याणकारी तथा संभार रथी विभागमा बस्दा प्राप्त भएको थियो ।  यस बिचमा यिनका यस्ता गलत कुरा केही मिडियामा आउँदा पेड मिडियाहरुले सकल दर्जाको नामबाट त्यस्ता तथ्यगत खबरविरुद्ध एकसाथ खनिने कार्यले त्यस्ता सही खबरहरुले महŒव पाएनन् ।


यिनले सेनामा प्रणाली र पद्धति आफ्नै पालामा मात्र शुरु भई विभिन्न सुधारका कार्यहरु गरेको प्रचार प्रसार गोयबल्स शैलीमा गरे । जबकि सेनाले सदैव देशको मूल कानून संविधान, ऐन, नियम, सैनिक ऐन, निर्देशिका, नियमावलीको पालना गर्दै आफ्ना कार्यहरु सम्पादन गर्दछ । साथै सेनामा इतिहास, परम्परा, चलन, प्रचलन प्रथा पनि उत्तिकै महŒवपूर्ण छन् । तर, तत्कालीन चीफ थापाले आफ्नो क्षमता, हैसियत, पुस्ता र परम्परा जस्ता सबै कुरा बिर्सिएर क्षणिक स्वार्थका लागि संगठनलाई दीर्घकालीन रुपमा असर पु¥याउने वा भनौ उसको मूल मर्ममा नै आँच पुग्नेसम्मको काम गरे । 


अरु त अरु यिनले आफूलाई प्रधान सेनापति हुन ठूलो सहयोग गरेका, भूकम्प पछि ध्वस्त संरचनाहरुको व्यापक पुनर्निर्माण र स्तरीय जंगी अड्डा जुन सेनाका लागि सयौं वर्षसम्मका लागि ठूलो सम्पत्तिको रुपमा रहेको, शशी भवन जस्ता स्तरीय संरचनाहरुको निर्माण गरे, संगठनका लागि स्तरीय सवारी साधन, हातहतियारको व्यवस्था, भूतपूर्वलगायत सकल दर्जालाई विभिन्न सुविधा दिलाएर संगठनलाई दीर्घकालीन हित गराए, पछि तिनै पूर्व चीफ राजेन्द्र क्षेत्रीलाई  पूर्णचन्द्र थापाकै उत्ताउला र  भड्किला व्यवहार, झुठले भरिएका प्रचारात्मक कार्यक्रमले यिनको हुर्मत लिए, बेइज्जत गरे । अवकाश पछि पनि उनको क्षमता र अनुभवको सेनाले अझ धेरै फाइदा उठाउनु पर्नेमा यिनलाई लुकेर बस्नुपर्ने वातावरण बनाई दिए । 

 

यिनले यस्तो लोकप्रियताका लागि आफ्ना घरपरिवारका सदस्य समेत राम्रो नाटक प्रदर्शन गर्न लगाए । श्रीमती विभिन्न व्यारेकमा जाँदा केही विशेष नगर्नु नत्र चिफ सा’बले मारिसिन्छ भन्ने, बुबालाई चलखेल गरेको कारण शशी भवनबाट निकालिएको भन्ने प्रचारप्रसार समेत गरिए ।  


पहिला व्यारेक अफिस र घरहरुमा आफ्नो फोटोहरु राख्न नपर्ने भनि ढोङ्ग गर्ने पछि आफ्नो विभिन्न पोजका तस्बिर राखेर सेनाकै कोषबाट लाखौ लाख खर्च गरेर दर्जनौ महङ्गो किताब प्रकाशन गर्न थाले । हुँदा हुँदा यिनले व्यारेक घुम्दा अथवा विभिन्न समयमा बोलेका कुराहरु समेटेर प्रधान सेनापतिको सम्बोधन भनि यता पनि लाखौ रकम खर्च गरेर रङ्गिन किताब छपाए । 


 त्यस्तै सेनामा भए÷गरिएका परिर्वतन भन्ने नाम दिएर अनावश्यक रुपमा लाखौ लाख खर्च गरेर विभिन्न रङ्गिन फोटोहरु राखि त्यसको मुनि २ लाइन लेखेर हजारौंको संख्यामा प्रकाशन गरी राज्यभरका व्यारेकहरुमा वितरण गरिनुको साथै अझै आर्मी हेडक्वार्टरमा चाङ्गका चाङ्ग थुर्पिएर बसेका छन् । यस्ता किताबको प्रकाशनको पैसा सिपाही र संगठनको हितमा खर्च गरेको भए बंकरबाट मुक्त हुनुका साथै दर्जनौ स्थानमा सकल दर्जाका लागि ब्यारेक, अस्पताल, स्तरीय आवास÷परिवार आवास निर्माण हुन्थे । 
पूर्णचन्द्र थापाले गरेका अप्रिय र सेनालाई दीर्घकालीनरुपमा प्रभाव पार्ने क्रियाकलापहरुको वर्णन गर्न थाल्यो भने किताबनै बन्छ, तसर्थ यहाँ केही उनले गरेका केही निर्णय तथा कार्यहरु मात्र यहाँ उल्लेख गरिन्छ ।       

 
–नेपाली सेनाको भलो चाहने अधिकृतहरु 

प्रतिकृया दिनुहोस