🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि 

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा  वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।  

बिहीबार नेप्से परिसूचक २५६६/७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार  सेयर कारोबार रकममा समेत  उलेख्य  सुधार भएको छ ।  लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो । बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा  ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।  सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।