🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

 

मंगलबारे, इलाम, १५ चैत (रासस) ः एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो । 

बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख विपीन कर्माचार्यले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये विशाल किराँत मुक्तिमोर्चाका जिल्ला अध्यक्ष समेत भएको र उनी गएको चुवानमा पनि पक्राउ परेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

आगलागीबाट जेनेरेटर, टावर, उपकरण र तारमा क्षति पुगेको र क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको बताइएको छ ।