🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रमालाई ‘द मम-ब्युटी कन्टेस्ट’को उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्का पौडेलले जितेकी छन् । मोडल सङ्स नेपालले आमा भइसकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत चुमिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपीका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेन्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करण चाँडै सुरु हुने बताए ।