🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मूल सवाल काङ्ग्रेस काङ्ग्रेस नहुनु हो !

संसारको सबैभन्दा ठूलो विचार भनेको स्वतन्त्रता हो !
प्रजातन्त्र हो !
मानव इतिहासमा स्वतन्त्रता र प्रजातन्त्र भन्दा ठूलो विचारको जन्म भएकै छैन ! 

*****
व्यक्ति र पार्टी समाजवादी हुन सक्दछ,
तर राज्य समाजवादी हुन सक्दैन !
राज्यको विचार हुँदैन !
हुन्छ भने उक्त राष्ट्र प्रजातान्त्रिक बन्दैन !

*****
तर काङ्ग्रेस नेतृत्वमा बनेको संविधानले नेपाललाई समाजवादी राज्य बनाएको छ !
समाजवादी विचारलाई राज्य विचार बनाएको छ I

राज्यको धर्म हुन्न भन्नेले राज्यको विचार हुन्छ भन्न मिल्छ ?
त्यसकारण नेपाली काङ्ग्रेसले स्वतन्त्रता र प्रजातन्त्रको मूल मर्मलाई परित्याग गरेको बुझ्नु पर्दछ !

*****
सङ्घीयता कुनै विचार होइन यो शासन संचालनको विधि र प्रविधि मात्र हो ! 
सङ्घीयता प्रजातन्त्र पनि होइन – सोभियत सङ्घमा पनि संघियता थियो !
सङ्घीयता स्थान विशेषको आकांक्षालाई स्थान विशेषको क्षमताले सम्वोधन गर्ने विधि मात्रै हो !
कुनै विचार र दर्शन होइन !

*****
उत्तर प्रदेश र महाराष्ट्र वा आसाम र गुजरात कहीं जोडिन्नन, विहार र केरला पनि जोडिन्न !
भूगोल, भाषा, संस्कृति परम्परा केही कुराले पनि जोड्दैन !
उनीहरुका हित, सरोकार, आकांक्षा पनि जोडिन्नन ! 
त्यसैले त्यहाँ सङ्घीयता आवश्यक बन्यो !

*****
सबैलाई थाहा छ -नेपाल त्यस्तो होइन !
नेपाल यौटै भूगोल हो , मुलुक भर सबैले बुझ्ने भाषा छ, सबै जसो जनतालाई जोड्ने साझा धर्म र संस्कृति छ !
सर्लाही वा धनुषालाई सिन्धुलीसँग छुट्याउन नै सकिन्न ! 

उदयपुरलाई सिराहासँग र उदयपुरलाई ओखलढुंगा र सिन्धुलीसँग छुट्याउन सकिन्न ! 
डोटी र बैतडीलाई लाई कैलाली र कन्चनपुरसँग अलग बुझ्नै सकिन्न !
छुट्याएर तिनको दीगो विकास र सम्वृद्धिलाई सुनिश्चित गर्न सकिन्न !

भविष्यले बुझाउला !!! 

***** 
समावेशिता भनेको सबै जातजाति वा समुदायको फरक र विशिष्ट क्षमतालाई राज्य क्षमतासँग जोड्ने पद्धति हो ! 
प्रविधि हो ! त्यो भनेको जुम्लालाई काठमाडौँ बनाउने होइन, यार्सागुम्बालाई कुरिलो बनाउने र मगर वा थारूलाई ब्राह्मण वा क्षेत्री बनाउने पनि होइन I

त्यो भनेको प्राविधिक, व्यवहारिक , साधारण र सैद्धान्तिक शिक्षा वीचको अन्तर जस्तै हो !

*****
काङ्ग्रेस भित्र चुनाव हारको समीक्षा हुँदै छ रे !
समीक्षाका विषय यी हुन् !
ती होइनन !

सडकका नारा टिपेर राजनीति गर्ने गम्भीर विषयमा प्रवेश नै नगर्ने जंक राजनीतिले काङ्ग्रेसको भविष्य खाएको छ !
काङ्ग्रेस भविष्य विहीन बन्दै छ !

*****

मेरो पुस्ताले आग्रहबस काङ्ग्रेसलाई भोट हाल्दछ नयाँ पुस्ताले माओवादी र एमालेसँग वैचारिक आधारमा कसरी काङ्ग्रेस फरक हो बुझ्ने ठाउँ काङ्ग्रेसले बाँकी राखेकै छैन ! 
काङ्ग्रेस पहिचान विहीन छ !

*****
काङ्ग्रेस सत्ताकांक्षी व्यक्तिहरूको विश्राम गृह मात्र बनेको छ , पार्टी बनिरहेको छैन !
कसैलाई मन्त्री वा सांसद बन्न वनाउन वा कुनै पदमा पुग्न वा पुर्याउनमात्रै सीमित छ काङ्ग्रेस !
अहिलेको काङ्ग्रेस भित्रको किचलोमा विचार छैन, सांसद वा मन्त्री बन्न नपाइएको कुण्ठा र पीडा मात्रै पोखिएको छ !