🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

काठमाडौँ, १३  चैत (रासस) : हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि चैत १२ गते  १० दिन म्याद थप गरिएको छ । 

फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए  । 

“थप अनुसन्धान भएपछि मात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ”, उनले भने । 

हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायाँ हुने व्यवस्था छ ।

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो ।