🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तस्करी बढ्यो ! सुर्ती, कपडा र डिजेल बरामद !!

सप्तरी, ११ चैत (रासस) : तस्करी गरेर  खुलेआम रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ ।

प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यस्तै बलानबिहुल गाउँपालिका–४ बाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको रु दुई लाख मूल्य बरावरको कपडासमेत पक्राउ गरेको छ ।.सप्तरीको बोधेबरसाइन नगरपालिकाबाट अवैध रुपमा नेपालबाट भारततर्फ स१त ६३९७ नंको ट्र्याक्टरमा लोड गरी लैजान लागेको एक हजार लिटर डिजल बरामद गरेको छ ।

ट्र्याक्टर, डिजलसहित सप्तरी बोधेबरसाइन नगरपालिका–९ बस्ने ४३ वर्षीय इन्दल साह र र २७ वर्षीय प्रलादकुमार यादवसमेत पक्राउ परेका छन् । अवैध डिजल, ट्र्याक्टरलगायत बरामद गरेका अवैध समान समेतलाई तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
–––