🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सात किलो चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ

 

मोरङ : मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई २०७८ माघ १८ गते पक्राउ गरेको जानकारी दिएकाे छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त गहनाको मूल्य अन्दाजी सात लाख बराबर रहेको छ ।

पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।

न्युज कारखाना