🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा जुनियर र विवादस्पद पात्र अधिकारी नियुक्त

काठमाडौं, १८ माघ :  नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा विवादस्पद पात्र  प्रदीप अधिकारी नियुक्त भएका छन् ।

प्राधिकरणमा १२ औं तहका सिनियर अधिकृतहरुमा भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण रहेका थिए । उनीहरुलाई पन्छाएर मन्त्रालयले एकाएका जुनियर अधिकृत प्रदीप अधिकारीलाई  नियुक्ति गरेकाे छ ।

   अनियमितताको आरोप र अख्तियारसहितका नियामक निकायमा उजुरी परेका प्राधिकरणका निर्देशक (११ औं तह) प्रदीप अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने लगायतलाई रिझाएर महानिर्देशक बन्न सफल भएका हुन् ।

मन्त्री  आले र सचिव न्यौपाने बाहेक  नेकपाका कुन कुन नेतालाई  रिझाएर डीजी बन्न सफल भए भन्ने कुरा चाहिं खाेजीकाे विषय भएकाे छ ।

२०७८ माघ १७ गते सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । 

उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका  निर्देशक रहँदा अनियमितताकाे  आराेप खेप्दै आएका पात्र हुन् ।