काठमाडौं । सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख एक महिनाभन्दा बढी समयदेखि रिक्त छ । महाशाखा प्रमुख रहेका महेश्वर न्यौपाने कामु सचिव भएर निर्वाचन आयोगमा पदस्थापन भई हालै सचिवमा समेत बढुवा भइसकेका छन् । तर, सामान्यको कर्मचारी प्रहशासन महाशाखामा सहसचिवको पदस्थापना हुन सकेको छैन । उपसचिव शिवराम न्यौपानेले महाशाखाको काम गर्दैआएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिनापछि विस्तार गरेको मन्त्रिमण्डलमा सल्यानका टेकबहादुर बस्नेतले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । बस्नेत मन्त्री भएपछि अब मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखका लागि माओवादी पृष्ठभूमि भएका सहसचिवहरूको खोजीमा राष्ट्रिय कर्मचारी संघका हरि रावलहरू लागेको खबर छ ।
आर्थिक वर्ष २०७४÷०७५ को कर्मचारीहरूको नियमित सरुवामा मालामाल हुनका लागि उपयुक्त सहसचिवको खोजीमा मन्त्रीका आसेपासे पनि सक्रिय भएका छन् । गतबर्षको साउनमा मन्त्री फेरिएकाले भदौ अन्तिममा मात्र सरुवा गरिएको थियो । तत्कालीन मन्त्री केशवकुमार बुढाथोकीले सरुवामा कुस्त रकम असुली गरेको आरोप लागेको थियो । मन्त्री बुढाथोकीले त २०७३ साउनको सरुवामा परेका मालपोतलगायतका कार्यालयका कर्मचारीलाई २०७३ मंसिरमै फेरि साविककै ठाउ“मा पुनः सरुवा गरेबापत बीसौं लाख रुपैया“ घुस असुली गरेको आरोप लागेको थियो ।
निजामती सेवा ऐन अनुसार हरेक बर्षको साउनमा २ बर्ष पुगेका कर्मचारीको सरुवा गर्ने ब्यवस्था छ । संघीय निजामती सेवा ऐन अनुसार कर्मचारी समायोजनको सवाल पेचिलो बन्दै गएको छ । पूर्वमुख्य सचिव सोमलाल सुवेदी र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तहमा जानुपर्ने विभाग र आयोजनालाई पनि केन्द्रमा जबर्जस्ती राख्न खोजेका कारण पनि अन्योल थपिएको छ । केन्द्रमा आवश्यक नै नभएका स्थानीय पूर्वाधार विकास तथा कृषि, सडक विभाग, पंंजीकरण विभाग जस्ता विभागको अस्तित्व केन्द्रमा पनि राख्ने निर्णय गरेका छन् । सोमलाल र दिनेश थपलियाले कृषि, सडक विभागका विवादास्पद सहसचिव पवनकुमार श्रेष्ठमार्फत् करोडौं रुपैया“ उठाएर ती विभागलाई केन्द्रमा समेत राख्ने निर्णय गराएको आरोप छ ।



