🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

धोकेवाजलाई अवसर नै अवसर : प्रचण्डको ढाँटछल यसरी भयाे उदाङ्गाे

 काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट जगत पार्कीलाई उम्मेदवार बनाएको छ । पार्कीको उम्मेदवारीले माओवादीमा अर्कै बहस पनि सिर्जना गरेको छ । कुरा २०७४ साल मंसिरको हो । त्यतिबेला पहिलो प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन भइरहेको थियो ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले निर्वाचन लड्दै थियो । त्यतिबेला डडेल्धुराबाट माओवादी केन्द्रकाे तर्फबाट संघीय संसदका लागि उम्मेदवार खगराज भट्टले उम्मेदवारी दिए । कांग्रेसका उम्मेदवार शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरिरहेका भट्ट करिब ३ हजार मतले पराजित भए ।

  त्यतिबेला माओवादी नेता पार्कीसहितका केही नेताहरू माओवादीलाई धाेका दिंदै प्रलाेभनमा परेर कांग्रेसमा प्रवेश गरेका थिए । अर्थात, वाम गठबन्धनका सशक्त उम्मेदवार भट्टलाई पराजित गरेपछि पार्की लाजै नमानी माओवादीतिरै आए ।

चुनावको बेलामा आफ्नै पार्टीको उम्मेदवार पराजित गर्न सशक्त भएर कांग्रेसका लागि हिंडेका पार्कीलाई अहिले माओवादीमा स्वागतमात्र गरिएन, २०७८ माघ गतेपछि राष्ट्रिय सभामै ल्याउने तयारी भइरहेको छ । यसले माओवादीभित्रै चरम असन्तुष्टि उत्पन्न गराएकाे नेताहरू बताउछन् ।

  ती नेताका अनुसार, पार्कीको सन्दर्भजस्तै घटना कर्णाली प्रदेशका दुई नेताको सन्दर्भमा जोडिन्छ । नेकपा विवादको बेलामा माओवादी केन्द्रनिकट रहेकी कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीले एमालेका नेताहरुसँग मिलेर पूर्वमाओवादी समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ढाल्ने खेलमा लागेकी थिइन् ।

पूर्वएमालेका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन घर्तीले कित्ता परिवर्तन गरेर हस्ताक्षर नै गरेकी थिइन् । उपसभामुख पदमा रहेको व्यक्तिले दलभित्रको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न नैतिक रुपमा पनि मिल्दैन थियो भन्ने प्रश्न उठेको थियो । तर, घर्तीले त्यसलाई नैतिकताको रुपमा लिइनन् ।

  अहिले माओवादीको महाधिवेशन पनि घर्ती केन्द्रीय सदस्य भइन् । प्रचण्डले उनको पूरा नाम नभरेर पी घर्ती भनेर सम्बोधन गरेका थिए, केन्द्रीय सदस्यको सूची सुनाउने क्रममा । माओवादी छोडेर एमालेमा लाग्ने सुरमा रहेकी घर्तीलाई अड्याउनका लागि प्रचण्डले केन्द्रीय सदस्य बनाए । अनि, उनका श्रीमान् नरबहादुर विष्टलाई केन्द्रीय सदस्यमात्र होइन, राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने पनि निर्णय गरे । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विष्टले जित्ने संभावना छ । कर्णालीमा एमालेकोभन्दा सत्ता गठबन्धनको मतभार बढी भएकोले सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने संभावना हुन्छ ।

  पार्टीभित्र अवसरको खोजीमा यता र उता गर्ने घर्तीहरुको खास कुरा चाहिं मन्त्री हुन नपाउँदाको झोँक थियो । अहिले पनि मन्त्री हुने संभावना नभएपछि प्रचण्डले फकाउनकै लागि घर्ती र विष्टलाई केन्द्रीय सदस्यको उपहार र थपमा राष्ट्रिय सभा सदस्य पनि दिएको टिप्पणी माओवादीभित्र भइरहेको छ ।

नैतिकताका आधारमा उपसभामुखले केन्द्रीय सदस्य हुन मिल्दैन । अहिले केन्द्रीय सदस्यमा वागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि रहेकीछिन् ।

 प्रचण्डले केन्द्रीय सदस्यको सूची सुनाउने क्रममा बन्दसत्रको हलमा राधिका तामाङको पनि पूरा नाम नभनेर आर तामाङ भनेका थिए । यी दुईजनाको नाम लिने क्रममा प्रचण्डले ''आर तामाङ वागमती र पी घर्ती कर्णाली'' भनेर भन्दा हलमा प्रश्न उठ्याे । ''यति भनेपछि तपाईहरु बुझी हाल्नुहुन्छ, अहिले प्राविधिक अप्ठ्यारोका कारण पूरा नाम नभनिएको'' समेत  प्रचण्डले भनेका थिए । त्यसैले अहिले उपसभामुखको हैसियतमा रहेका सांसदलाई नैतिकताका आधारमा केन्द्रीय सदस्य बनाउनु र बन्नु गलत भएको प्रश्न माओवादीभित्र र बाहिर उठिरहेको छ ।