🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लोकतन्त्रले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

 

काठमाडौं, २६ पुस : काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन् । उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको शाहको भनाइ छ । 

३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले अहिलेको तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्व गर्न नहुने बताएका छन् । 

‘राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन। जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जे सुकै चयन गरिनु, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’पूर्वराजा शाहले भनेका छन्,‘प्रणाली केवल साधन हुन्। साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन् ।’

राष्ट्रियताका आधारहरु माथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उनले भनेका छन् ।

‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं । देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ शाहले सन्देशमा भनेका छन् ।