🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टानलाई अख्तियारको ताकेता

काठमाडौं । पर्यटन व्यवसायीको हित प्रवद्र्धन गर्न स्थापना भएको ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) यतिबेला घर झगडाले शिथिल छ । अध्यक्ष र कोषाध्यक्ष समूहको जु“गाको लगाइ“ले आफ्ना नियमित कार्य सञ्चालन गर्न असफल भइरहेका बेला टानभित्रको आर्थिक अनियमितताको एउटा काण्ड अख्तियार छिरेको छ । 
टिम्स कार्ड बिक्रीलाई टानले पारदर्शी नबनाउ“दा यो काण्ड अख्तियार छिरेको हो । नेपाल पर्यटन बोर्ड र टानबीच  टिम्स कार्ड बिक्री गर्ने सम्झौता विभिन्न आर्थिक वर्षमा भएका थिए । तर, टिम्स कार्ड बिक्रीवापतको आम्दानी बा“डफा“ड र खर्चको विवरण टानले बुझाएको छैन । पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर इन्फरमेशन म्यानेजमेन्ट सिस्टम) पदयात्रीको सुरक्षाका लागि बनाइएको विवरणसहितको कार्ड हो ।   
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा आ.व. २०६९÷७०, २०७०÷०७१ र २०७१÷०७२ को टिम्स कार्ड आम्दानी बा“डफा“ड  र खर्चको विवरण नबुझाइएको उल्लेख छ । आयोगले १५ दिनको म्याद दिएर केही महिनाअघि पत्र काटे पनि टानले विवरण बुझाउन आनाकानी गरेको खबर छ ।