जनअदालत: को मन्त्री हुन पर्दथ्यो, को हुनुहुन्थेन ?
वास्तवमा नेपालमा राजनीति गर्नेहरुको पहिलो प्राथमिकतामा कहिल्यै पनि "राष्ट्र" भन्ने च्याप्टर परेन; सधैं आफ्नो ओहोदा अनि पार्टी पर्यो ।
एउटा मूला प्रोफेशनल जागिर सफलतापूर्वक लामो समयसम्म धान्न नसक्ने मूलालाइ पनि देशको प्रधानमन्त्री, मन्त्री वा अध्यक्ष आदि बन्ने उत्कट अभिलाषा हुन्छ हाम्रो देशमा ! लाटो देशमा गाँडो तन्नेरी भनेको यही होला। उसले आफूबाहेक अरु कोही योग्य देख्दैन। अनि उसले ठूलठूला पद नपाएसम्म देशको विकास गर्नै नहुने पनि कहीं हुन्छ ?
वास्तवमा यस्ता मान्छेले भोलि देश चलाउन पाएभने पनि देशले फड्को मार्दैन। देखिएकै छ नि, दुइ-चारपल्ट प्रधानमन्त्री हुनेको हविगत र देशको कुरुप अवस्था !
किन मान्छे यो मन्त्री भयोभने देश बन्छ भनेर उफ्रिने हुन्, म कुरै बुझ्दिन ! वास्तवमा मन्त्री हुन्छु भन्नेहरुलाई कम्तीमा लोकसेवा जस्तै योग्यता र दक्षताको परीक्षा लिने संस्कार भए चाहिं बरु भन्न सकिन्थेन, देश बनाउँथे कि !
भर्खरै एकजना पूर्वमन्त्रीको टाउकोमा झटारो पुगेको भिडियो हेरियो। भोलि तपाईंहरुलाइ पनि जनताले त्यसो गर्ने स्थिति नआओस् ! जनताले तिरेको करबाट तलब र सुविधा खाएपछि कम्तीमा नूनको सोझोसम्म गर्नु होला ! जो-जो मन्त्री-सन्त्री हुनुभो, सपथ अनुसारको काम गर्नु होला। वधाई तथा शुभकामना !
BOZ RAJ, U K



