🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कैलाशको संस्थामा भद्रगोल

काठमाडौं । टेलिभिजन  ब्रोडकाष्टर्स नेपाल (टीभीएन) र केही ब्रोडसिट दैनिक पत्रिकाहरूको संगठन मिडिया सोसाइटी मर्ज भएर मिडिया सोसाइटी अफ नेपाल बनेको थियो । मिडिया सोसाइटी अफ नेपाल केएमजीका मालिक कैलाश सिरोहियाको सक्रियतामा केही ब्रोडसिट पत्रिका र टेलिभिजनका मालिकहरू संगठित भएका भए पनि नेपाल रिपब्लिक मिडिया(नागरिक), अन्नपूर्ण पोस्ट, एपी–वान टिभी यसमा संगठित छैनन् । माउन्टेन टेलिभिजन, भक्तिदर्शन र विजनेश प्लस टिभीका मालिक राजु क“डेल पनि सो सस्थाबाट हालै बाहिरिएका छन् । क“डेल बाहिरिएपछि बहुमत ब्रोडसिट र टेलिभिजनहरू सो संस्थाभन्दा बाहिर रहेकाले मिडिया सोसाइटी अफ नेपाल अल्पमतमा परेको छ । 
 माउन्टेन टेलिभिजन, भक्तिदर्शन र विजनेश प्लसका मालिक तथा मिडिया सोसाइटी अफ नेपालका उपाध्यक्ष रहेका राजु क“डेलले साधारण सदस्यसमेत सो संस्थामा नरहने गरी राजीनामा दिएर बाहिरिएको थाहा भएको छ । क“डेलले बाहिरिनु कारण भने बताएका छैनन् । मिडिया सोसाइटीका केही हप्ता अघि सीमित व्यक्तिहरू जम्मा भएर कान्तिपुरका मालिक कैलाश सिरोहियाको कार्यालयमै बैठक बसेका थिए । बैठकले राजु क“डेलले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा सगरमाथा टिभीका मालिक निर्मल गुरुङ र एभिन्यूजका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई सिफारिस गरेको थियो । तर, भाष्कर आपूm पदाधिकारीमा नबस्ने भन्दै पन्छिएको बताइन्छ । मिडिया सोसाइटी अफ नेपालका केही ब्यक्तिको जमघटले न्यूज–२४ का मालिक अनिल जोशीलाई सचिव बनाउने निर्णय गरेको खबर छ । रोचक पक्ष के छ भने, अध्यक्ष र उपाध्यक्षको उपस्थिति नै नभएको बैठकबाट संगठनलाई मर्ज गर्ने र पदाधिकारी नियुक्त गर्ने निर्णय गरिएको छ । मिडिया सोसाइटीका अध्यक्ष पुष्पकरलाल श्रेष्ठ त्यतिबेला परिवारसहित युरोप भ्रमणमा व्यस्त रहेका थिए । उपाध्यक्ष रहेका उज्ज्वल शर्मालाई खबर नै गरिएन भने उपाध्यक्ष राजु कं“डेल राजीनामा दिएर हिंडेपछि पद रिक्त रहेको थियो । अध्यक्ष र उपाध्यक्ष नै नभएको बेला बैठक बसेर महत्वपूर्ण निर्णय गरिएपछि असन्तुष्टि चुलिएको छ । अहिले मिडिया सोसाइटी अफ नेपालको बैठक कसको अध्यक्षतामा बसेर पदपूर्ति जस्तो महत्वपूर्ण निर्णय गरियो भन्ने प्रश्न उठेको छ । सो संगठनभित्र कैलाश सिरोहियाको दादागिरी चल्न थालेपछि संस्था दुई टुक्रा हुने अवस्थामा पुगेको गुनासो संस्थाकै असन्तुष्ट ब्यक्तिहरूले गरेका छन् ।