काठमाडौं । प्रशासक मदनदेव आचार्यद्वारा लिखित खिचडी नामक पुस्तक २०७४ चैत १ गते बिहीबार लेखनकुञ्जमा सार्वजनिक भएको छ ।
प्रशासन , राजदवार, कोइराला परिवार, इन्दिरा गान्धी , अमेरिका, ब्यापार, महारानी एलिजाबेथ जापानी राजकुमार अकहितो, सिनेमा अस्पताल, अदालत, दूताबास र पराराष्ट्र सम्बन्धमा केन्द्रित भएर लेखिएको खिचडीको पत्रकारहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।
लेखक मदनदेव आचार्य , घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, घोष्टराइटिङ नेपालका सम्पादक एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सार्बजनिकीकरण गरिएको पुस्तकमा कोशी प्रोजेक्ट काण्ड, नेपाल भारत बोर्डर किचलो , मदभट्टीको भूमिसुधार, नोकरबाट मालिक भएको दिन, ब्यक्तिबादी प्रशासन पेशा अनुसारको बोली जस्ता ३ सय ३४ विषय समेटिएको छ ।
पुस्तकको एक पाना लेखिएको छ – क्युरियो डिस्प्ले गर्दै गर्दा इन्दिरा गान्धीको आ“खा बुद्धको त्यो खास मूर्तिमा प¥यो, रिसाउ“दै उनले भनिन् , यो किन ल्ययाएको ? कुनै पनि हिष्ट्रिमा बुद्धशक्ति (स्त्रीसंग ससर्ग) भएको भए बुद्ध, बुद्ध नै हुने थिएनन् यो कुनै एउटा मूर्तिकारको कलमको कल्पना मात्र हो तत्काल यो मूर्ति फिर्ता गरिदेउ ।
सम्पादक टंक पन्तले पुस्तकमा समेटिएका विषयहरु राजनीतिक क्षेत्र र प्रशासन क्षेत्रका लागि निकै उपयोगी भएको उल्लेख गरेका छन ।
पुस्तकका बारेमा लेखन कुञ्जका अध्यक्ष भन्छन्–यो खिचडीमा धेरै कुरा पाकेका छन धेरै कुरा मिसिएका छन जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमा जहाँ पल्टाएपनि मदनदेबलाई पाउँछौं ।
पुस्तक लोकार्पण कार्यक्रममा पत्रकारहरुले पुस्तकका बारेमा राखेका जिज्ञासाहरुको जबाफ लेखक आचार्यले दिएका थिए । घोष्टराइटिङ नेपालद्धारा प्रकाशित पुस्तक ३ सय ३४ पृष्ठको छ भने पुस्तकको मूल्य ३ सय ७५ रहेको छ ।
घोष्टराइटिङ नेपालले आहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिकलगायत हरेक क्षेत्रका डेढसय भन्दा बढी विशिष्ट ब्यक्तिहरुको पुस्तक लेखिरहेको छ । जसको बारेमा पुस्तक लेखिनुपर्छ वा जस्को पुस्तक बजारमा आउदा राष्ट्रको सम्पत्ति हुन सक्छ तर त्यस्ता ब्यक्तित्वहरु त्यस्ता ब्यक्तित्वहरुको पुस्तक लेखिदिने काम घोष्टराइटिङले गर्दै आएको छ ।



