🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कर्णालीका जिल्लामा हिमपात : किसान हर्षित, मुगुमा यो वर्ष पहिलो पटक हिमपात

मुगु, १४ पुस  : साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेकाे हाे ।

मुगुमा याे वर्ष पहिलाे पटक हिमपात भएकाे छ । हिमपातका कारण चिसाे बढेकाे छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा  झरेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएकाे खबर आएकाे छ । 

डोल्पाकाे सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ ।

मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । 

मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ । हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् ।  

किसान खुसी

मध्य पुसमा भारी हिमपात हुँदा कृषिबाली सप्रिने भन्दै किसान खुसी भएका छन् । गहुँ, जौँकाे उत्पादन बढ्ने आशा पलाएकाे किसान मणिचन्द्र भामले बताए ।