काठमाडौं । मुलुकको केन्द्रीय बैंकमा कर्मचारीको सेवा अवधिको विषयलाई लिएर रडाको मच्चिएको खबर छ । विश्वका अधिकांश मुलुकमा सरकारी कर्मचारी र केन्द्रीय बैंकका कर्मचारीबीच कार्य विवरण र आर्थिक सुविधामा फरक भएपनि सेवा अवधिमा एक रूपता हुन्छ । छिमेकी मुलुक भारत, चीन, श्रीलंका, बंगलादेश र पाकिस्तानमा समेत उक्त व्यवस्था लागू भएको छ । हाम्रो मुलुकमा पनि २०६० साल अघिसम्म उक्त व्यवस्था कायम थियो । तर, सरकारले पा“च वर्षको लागि २०५७ सालमा ल्याएको वित्तीय क्षेत्र सुधार कार्यक्रमका कारण केन्द्रीय बैंकका कर्मचारीको सेवा अवधिमा दोहोरो मापदण्ड अपनाइएको थियो । झण्डै एक दशक अघि नै ५८ वर्षको उमेर कायम गर्नुपर्नेमा अहिले लोक सेवा आयोगले सर्वत्र एकद्वार अवकाशको नीति अन्तर्गत ५८ वर्षको उमेरमा कर्मचारीको अवकाश हुने व्यवस्था लागू गर्न नेपाल राष्ट्र बैंकले प्रक्रिया प्रारम्भ गरेपछि केन्द्रीय बैंकका केही उरन्ठेउला कर्मचारीहरू गति छाडेर यस विरुद्ध लागेको कर्मचारीहरूले नै टिप्पणी गरेका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले बैंकमा कार्यरत आफ्ना छोरी ज्वाईंलाई छिटो बढुवा गर्ने उद्देश्यले कर्मचारीको सेवा निवृत्त दोहोरो व्यवस्थालाई कायम राख्न विगतमा गरेको हर्कतको पछाडि सीमित कर्मचारी लागेको नेपाल राष्ट्र बैक स्रोतको दावी छ । बेमौसमको बाजा झैं पूर्व गभर्नर खतिवडाले राष्ट्र बैंकमा आफू बसुन्जेल राम्रो काम मात्र भएको र अहिले नराम्रो काम भएको आशयले प्रचारवाजी गरेपछि उक्त रहस्य खुलेको हो । बैंक स्रोत भन्छ ः झण्डै दुई दशक अघि अर्थशास्त्र विषयमा नेपाल टप गरेका भनिएको खतिवडाका ज्वाईंले अहिलेसम्म लेखेर कुनै परीक्षा उत्तीर्ण गर्न सकेका छ्रैनन् । तर, तिनै ज्वाईंलाई सर्वत्र बिरोध हु“दाहु“दै पनि खतिवडाले दुई करोड कमाउने बाटो खोलेर अन्तर्राष्ट्रिय मुद्रा कोषमा पठाइदिएका थिए ।
यता, केन्द्रीय बैंकमा अनुभवले खारिएका कर्मचारीको अभाव हु“दै गएपछि पछिल्लो एक दशकदेखि बैंकको प्रभावकारितामा यदाकदा प्रश्न चिन्ह तेर्सिने गरेको छ । नया“ पुस्ताका कर्मचारीले बैंकको १७ वटा विभाग, ४ वटा महाशाखा र ७ वटा शाखामध्ये मालदार भनेर चिनिने नियमन, सुपरीेवेक्षण, अनुसन्धान र विदेशी विनिमय विभाग मात्र रोज्ने गरेका छन् । केन्द्रीय बैंकको मुख्य काममध्ये नोट निश्काशन र वितरण पनि एक हो । तर, नगदसंग सम्बन्धित विभाग र काम गर्नुपर्ने ठाउ“मा तिनै पूर्व गभर्नर युवराजले नया“ भनेर चिनिएका कर्मचारीलाई नपठाउने अघोषित नीति बनाएपछि बैंकको कार्य वातावरण नै बिथोलिएको तत्कालीन डेपुटी गभर्नरका प्रतिस्पर्धी तथा कार्यकारी निर्देशकले बताएका छन् । अहिले केन्द्रीय बैंकको कामकारबाही र कर्मचारीको बारेमा बोलेर गोहीको आ“शु बगाउने पूर्व गभर्नर खतिवडाले पा“च वर्षसम्म के हेरेर बसेका थिए भन्ने प्रश्न नेपाल राष्ट्र र्बैकका कर्मचारीहरूले नै तेस्र्याएका छन् ? नेपाल राष्ट्र बैंकका कतिपय उनैसंग काम गरेका उच्च अधिकारीहरूले समेत यस्तै प्रश्न गर्न थालेका छन् ।



