🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उडान भर्दै घिमिरेकाे ‘सपनाको उडान’

काठमाडाैं । उपन्यासकार ज्ञानहरि घिमिरेद्वारा लिखित हालै प्रकाशित उपन्यास ‘सपनाको उडान’ले व्यापक रूपमा उडान भरिरहेको बताइएकाे छ। निम्नमध्यम वर्गीय परिवारका अभिभावक सहित आफ्नो सपना पूरा गर्न लागि पर्दै गाउँबाट शहर र स्वदेशबाट विदेश हान्निएको एउटा विद्यार्थीको भोगाइ र ऊ विभिन्न आरोह अवरोहबाट गुज्रिएको घटना परिघटनाहरू समेटिएको यस उपन्यासका धेरै ठाउँमा पाठकका मन छुने घटनाहरू घटित भएका छन्।

एउटा विद्यार्थीले देखेका सपनाले लिएको अनेक मोडलाई निकै रोमान्चक प्रेम प्रसंगले कथालाई अझ हृदयस्पर्शी बनाएको छ । यो पुस्तक पढ्न शुरू गरेपछि पूरा नसकिन्जेल छोड्न मन नलाग्ने बताउॅछन् पाठकहरू ।

  पाठकलाई धेरै ठाउॅंमा सकारात्मक सोचले अभिप्रेरित गर्ने यस उपन्यासमा प्राज्ञ डा. गीता त्रिपाठीले भूमिका लेख्नुभएको छ। गणितमा स्नातकोत्तर गरेका उपन्यासकार घिमिरे आफ्नो परिवारसहित हाल अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आएका  छन् । उनी भन्छन् ‘यसबाट जम्मा भएको सम्पूर्ण रोयल्टी नेपालका  गरिब विद्यार्थीको लागि खर्च गरिनेछ।’

उपन्यासकारका अनुसार, यो पुस्तक नेपाल र अमेरिकाका विभिन्न सहरहरूमा विक्रीवितरण भइरहेको छ। पाठकको माग अनुसार अब छिट्टै अरु देशहरूमा पनि पठाउने तयारी भइरहेको छ।