इङ्गल्याण्ड, फगुन ३० \\ बिलक्षण प्रतिभाका वैज्ञानिक स्टेफेन हकिङको निधन भएको छ। इङ्गल्याण्डको क्याम्ब्रिजस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी ७६ बर्षका थिए।
१९६३ देखि उनी मोटर न्युरोन नामक रोगबाट पीडित थिए। चिकित्सकहरुले उनलाइ २ बर्षभन्दा बढी नबाँच्ने घोषणा गरेका थिए।
उनको 'ब्रिफ हिस्ट्री अफ टाइम' पुस्तक प्रकाशित छ। भौतिकशास्त्रमा उनका योगदानलाइ विश्वले चीरकालसम्म सम्झिने छ।
ब्ल्याक होल बारे संसारलाई थोरै मात्र जानकारी छ। तर, हकिङले सबैभन्दा बढी अध्ययन यही ब्ल्याक होलकै बिषयमा गरेका थिए।




