🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पुलिसलाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा, अन्जनले गरे दुई गाेल

पोखरा, ३ पुस : नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले शनिबार पोखरा रंगशालामा पुलिसलाई ३-१ गोल अन्तरले पाखा लगाएकाे हाे । मनाङको जीतमा अन्जन विष्टले दुई गोल गर्दा निशान लिम्बुले एक गाेल थपे ।

पुलिसका सुमन लामाले पेनाल्टी सुट आउटमा सान्त्वना गोल फर्काए । जितेसँगै मनाङले १३ अंक बटुलेकाे छ । मनाङले पोखरालाई होम ग्राउण्डको रुपमा छनोट गरेसँगै एन्फाले पहिलो पटक पोखरामा लिग सञ्चालन गरेको हो ।

जारी लिगका थप दुई खेल पोखरामा हुनेछन् । गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ । गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ मनाङ मर्स्याङ्दीका सल्लाहकार हुन् ।

पोखराको खेल हेर्न १ सय र ३ सयको टिकट व्यवस्था गरिएको छ । यहाँबाट हुने आम्दानी सबै मनाङको हुनेछ भने व्यवस्थापन पनि मनाङले नै गर्नेछ । योसँगै एएफसी कप छनोटमा मनाङको सम्भावना पनि बलियो भएको छ । एन्फा उपाध्यक्ष कृष्ण थापाले ए डिभिजन लिगका सबै खेल पोखराले खेलाउन सक्ने बताए ।

‘अहिले पहिलो अभ्यास भएको छ । अब आगामी लिगका सबै खेल पोखरामा खेलाउन सकिन्छ,’ उनले भने, ‘हामीसँग पर्याप्त संरचना छ । व्यवस्थापन राम्रो छ ।’

यो जीतसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना पनि बलियो बनेको छ । सातवटा खेल खेलिसक्दा शीर्ष स्थानमा रहेको क्लवले एएफसी छनोट खेल्न पाउने छ ।

न्युज कारखाना