🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ

न्युयोर्क, १ पुस ।  सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् ।

‘सन् २०२२ मा विश्वव्यापी रुपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन् । केही महिनापछि कोभिडबाट मृत्यु हुनेको संख्या हवात्तै घट्ने छ,’ भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दाबढी देशमा फैलिरहेका बेला उनको भनाई आएको हो । 

विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ । भारतमा देखिएको डेल्टा भेरियन्टकाे जाेखिमबाट केही देशले शान्तिकाे सास फेरिरहेका बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दो छ ।

डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोध क्षमता बृद्धि गरिनेछ । 
एजेन्सी