🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

मनागुवा । निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ । निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ । 

निकारागुवाको कदमलाई चीनलाई स्वागत गरेको छ । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुवाको पछिल्लो घोषणा आएको हो । 

ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ । तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ । सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् ।