🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्मचारीको अभाव मुद्दा फछ्र्यौटमा समस्या

गौशाला, २५ फागुन (रासस) : महोत्तरी जिल्ला अदालतमा आवश्यक कर्मचारी अभावका कारण मुद्दा फछ्र्याैटमा समस्या भएको छ ।

जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलकाअनुसार अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला प्रभावित भएको हो ।

सर्वोच्च अदालतले न्यायालयलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्ने योजना अघि सारे पनि आवश्यक कर्मचारी अभावकै कारण जिल्ला अदालतमा मुद्दा फैसलाले गति लिन सकेको छैन । छिटोछरितो न्याय सम्पादन गरी कुनै पनि मुद्दालाई १८ महिनाभित्र फैसला गरिसक्नुपर्ने भनिएको छ तर कर्मचारी अभावका कारण शीघ्र न्याय सेवा प्रवाहका लागि समयमा काम हुन नसकेको प्याकुरेलले बताए  ।

जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा ६४ प्रतिशत मुद्दा मात्र फस्र्यौट भएका छन् । यस अवधिमा अदालतले एक हजार ४० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकामा ६७३ मुद्दाको मात्र फैसला गरिएको छ । एक सयभन्दा बढी मुद्दाको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला भएको छैन ।

जिल्ला न्यायाधीश प्याकुरेलकाअनुसार निर्वाचनको करिब तीन महिना कर्मचारी बाहिर बसेकाले पनि मुद्दा फछ्र्यौटले गति लिन नसकेको हो । यसअघिको टिमले आवश्यक रफतारमा काम गर्न नसक्दा धेरैजसो मुद्दा थाँती रहेको उनले जानकारी दिए ।
–––