🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घरेलु टोलीलेनै जित्यो आत्मानन्द गोल्डकपाको उपाधि

इलाम, १७ मंसिर : किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा खेलाइएको ‘आत्मानन्द गोल्डकप–२०७८’ को उपाधि घरेलु टोली माङसेबुङ खेलकुद विकास समितिलेनै चुमेको छ । 

शुक्रबार सम्पन्न फाइनल खेलमा माङसेबुङ खेलकुद विकास समितिले सडन डेथमा बिबिएफसी दमकलाई पराजित गरेको हो । प्रतियोगिताको विजयी बनेको माङसेबुङले तीन लाख १६८ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको बिबिएफसी दमकले नगद दुई लाख १६८ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धर्मगुरु लिङ्देनको ६८ जन्मोत्सवको अवसरमा भएको  १४ औं संस्करणको आत्मानन्द गोल्डकपको निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । गोलरहित बराबरीमा टुङ्गिएको खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट समान ४–४ गोल भएपछि सडन डेथका आधारमा नतिजा निर्धारण गर्नुपरेको हो । 

खेलको शुरुदेखीनै घरेलु टोली माङसेबुङलाई दबाबमा राखेको बिबिएफसीले गोल निकाल्न सकेन । ‘नाइन साइडको’ खेल मैदानको भएको प्रतियोगितामा घरेलु टोली आठ खेलाडीमा सीमित भएको मौकामा समेत बिबिएफसीले पाएको मौका पनि गुमाएपछि उपविजेतामा चित्त बुझाउनु पर्‍यो । 

प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीमा विजेता टोलीका गोलरक्षक आयुस लिम्बू, उत्कृष्ट डिफेण्डर विजेता टोलीकै रोनिस राई, सर्वोत्कृष्ट खेलाडी विजेता टिमकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए । ११ मंसिरदेखि सञ्चालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङका गरी ८ टिमको सहभागिता थियो ।

न्युज कारखाना