🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तो छ एमालेको चुनावी तालिका, ओली र रावलबीच प्रतिस्पर्धा हुने

 

चितवन, १३ मंसिर : नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् ।

ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारीको नाम घोषणा गरेका थिए । तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले  र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन् ।

एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । 

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौन ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका  छ ।

बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।  आज साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ ।

न्युज कारखाना