रसुवा, १२ मङ्सिर (रासस) : नेपाल प्रहरीलाई चीन सरकारबाट प्राप्त सहयोग सामग्री रसुवागढी आइपुगेको छ । कोभिड सङ्क्रमण नियन्त्रण र अग्नि नियन्त्रणका सामग्री सहयोगस्वरूप प्राप्त भएको र काठमाडौँ लैजान भन्सार प्रक्रिया अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।
रसुवागढी आइपुगेको सामग्रीको भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेकाले दुई÷चार दिनमा प्रक्रिया पूरा हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले बताउनुभयो ।
तीन दिनअघि नेपाल प्रहरीका नाउँमा रसुवागढी आइपुगेको ती सामग्री भन्सार जाँच पास गर्न अर्थ मन्त्रालयको आदेश पर्खाइमा रहेको भन्सार अधिकारीले बताएका छन् । चीन सरकारको सहयोगमा प्राप्त सामग्री करिब तीन टु टन (सानाखाले मिनी तीन ट्रक ) भएको प्रहरीले जनाएको छ । –––



