🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

सप्तरी ११ मंसिर । कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् ।

उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका- १ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब २:३० बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।