🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर : १९७१ जवान र १४६ इन्स्पेक्टर माग, कार्यालय सहयाेगीमा कति ?

काठमाडौं, १० मंसिर। नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।

जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट छुट्याइएको छ ।

फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।
न्युज कारखाना